site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहज छैन ग्यास, निगम भन्छ–नदिनेलाई कारवाही 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले खाना पकाउने ग्यास आवश्यक परिमाणमा आइरहेको बताए पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन् । नेपाल आयल निगमले भने दैनिक खपत ३८ हजार टन भए पनि यसै महिनादेखि ४५ हजार टनका हिसाबले ग्यास आयात भइरहेको जनाएको छ । देशैभर दैनिक १ लाख सिलिन्डर खपत हुन्छ ।

अन्य दिनको खपतको तुलनाभन्दा बढी ग्यास आयात भइरहे पनि किन अभाव छ त ? निगमको ग्यास विभागका निर्देशक दीपक बराल भने डिपोहरूले ग्यास नदिँदा अभाव भएको हुन सक्ने बताउँछन् । उनले आयातअनुसार बिक्री भए÷नभएको अनुगमन पनि गरिरहेको भन्दै कुनै डिपोले ग्यास नदिए खबर गर्न पनि आग्रह गरे ।

एक सार्वजनिक कार्यक्रममा ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले पनि देशभर दैनिक १ लाख सिलिन्डर खपत हुने र सोही परिणाम बढी ग्यास आइरहेको बताएका थिए । संघले आफ्ना विक्रेतालाई नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न निर्देश गरेको र नयाँ बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको पनि बताएका थिए । तर, सर्वसाधारणले भने सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन् । 

विगत ३ वर्षदेखि निरन्तर रूपमा श्री ग्यास प्रयोग गर्दै आएका काठमाडौ अनामनगरका अमरावती कार्कीले शनिबारदेखि प्रयास गर्दा पनि ग्यास नपाएको गुनासो गरिन् । उनले भनिन्, “विगतमा भन्नेबित्तिकै ग्यास दिने पसलेले दिनदिनै बुझ्न आउनु भन्छ, तर, सधैं बुझ्न जाँदा कहिल्यै पनि छ भन्दैन ।”

यस्तै शान्तिनगर ओम शान्ति चोकमा बस्ने हेमराज जोशीको पनि यस्तै गुनासो छ । उनले एक सातादेखि ग्यास नपाएको गुनासो गरे । “ग्यास सीमित छ, नाम टिपाएर मात्रै पालैसँग दिन्छौं, अहिले छैन” भन्ने गरेको एक साता बितिसकेको उनले बताए । उनले यसअघि सगर ग्यास नै नियमित र सहज रूपमा खरिद गर्दै आएका थिए । 

निजी क्षेत्रबाट बिक्री गरिएको ग्यासमा मात्रै यो समस्या छैन । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनबाट बिक्री गरिँदै आएको एसटीसी ग्यास पनि अभाव देखिन्छ । रानीवन क्षेत्रबाट पनि ग्यास नपाएको गुनासो उपभोक्ताले गरेका छन् । रानीवनकी विन्दा सापकोटाले सहज रूपमा ग्यास नपाएपछि पावर लगाउनुपरेको बताइन् । उनले भने, “सधैं एसटीसी ग्यास सहज रूपमा पाएकी थिएँ, अहिले धेरै दिनमा पनि यो ग्यास नपाएपछि पावर लगाएर ल्याए ।”

काठमाडौंकै शंखमूल, भक्तपुरको नाशमनालगायत क्षेत्रमा पनि ग्यास अभाव रहेको उपभोक्ताको गुनासो छ । भक्तपुर नाशमना क्षेत्रका मन्जित श्रेष्ठले शनिबारदेखि ग्यास नपाएको बताए । आज आउँछ भोलि आउँछभन्दा भन्दै यत्रो दिन बितेको तर अझै ग्यास पाउने निश्चित नभएको उनले बताए । 

ग्यास नदिएका उद्योगमा अनुगमन गर्छौं : निगम

नेपाल आयल निगमका निर्देशक दीपक बरालले ग्यास नपाए कुन ग्यास नपाएको हो त्यसको जानकारी दिन आग्रह गर्छन् । उनले भने कुन डिपो र कुन ग्यास नपाएको हो, हामीलाई खबर गर्नुहोस् हामी अनुगमन पनि गर्छौं र कारबाही पनि गर्छौं । उनले भनेजति ग्यास आएको भन्दै नदिनेलाई कारबाही गर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro