site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ग्यासको अभाव हुँदैन, हल्लाको पछि नलागौं’
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  कोरोना भाइरसको प्रभावले अत्यावश्यकीय वस्तुको अभाव हुने हल्लासँगै खाना पकाउने ग्यास जगेडा राख्‍न सर्वसाधारण तल्लिन देखिएका छन् । तर, नेपाल आयाल निगमले भने हल्लाको पछि नलाग्‍न आग्रह गर्दै ग्यास, पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा ग्यास लिन सर्वसाधारण लाइन नै बस्‍न थालिसकेपछि निगमले हल्लाको पछि नलाग्न आग्रह गरेको हो । 

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले माग अनुसार ग्यास एवं पेट्रोलियम पदार्थको बिक्री भइरहेको बताए । उनले हल्लाको पछि नलाग्‍न आग्रह गर्दै मागे जति ग्यास दिन निगम सक्षम रहेको र ग्यास आइरहेको पनि बताए । उनले नाकाबन्दीका क्रममा घरघरमा राखिएका सिलिण्डर अहिले निकालिएको पनि बताए । उनले भने, “त्यहि पनि हामीले भनेजति ग्यास दिन्छौं । कुनै अभाव हुने सम्भावना नै छैन ।” 

उनले मागभन्दा बढी आपूर्ती भइरहेको र अभावको कुनै सम्भावना नभएको पनि बताए । काठमाडौं उपत्यकामा मासिक औसत ३६ हजार मेट्रि टन ग्यासको माग हुने भएपनि त्योभन्दा बढी आयात भइरहेको बताए । उनले भने, “अघिल्लो महिना ४१ हजार मेट्रिक टन ग्यास आएको छ । त्यो भन्दा अगाडि ३९ हजार मेट्रिक टन आएको थियो । औषमा महिनामा ३६ हजार मेट्रिक टनको माग हो । यो महिना ४५ हजार मेट्रिक टन ग्यास आउँदैछ ।” केही उपभोक्ताले भने ग्यास नपाएको गुनासो गरेका छन् ।

यता, ग्यास उद्योग संघले पनि ग्यासको अभाव नभएको जनाएको छ । निगमले मागे जति ग्यास दिईरहेको संघका वरिष्ठ उपाध्यक्ष कुशकुमार मल्लीले बताए । मल्लीले उपत्यकामा चिसो मौसम नहटेकाले ग्यासको माग बढेको बताए । “कोरोनाका कारण अभाव हुने भनेर ग्यासको माग बढेको होइन”  उनले भने, “चिसो मौसम नहटेकाले माग बढेको हो । निगमले माग अनुसार ग्यास दिइनै रहेको छ । आत्तिनुपर्ने कुनै कारण नै छैन् ।” 

नाकाबन्दीको समयमा एउटै घरमा धेरै वटा ग्यास सिलिण्डर राखिएको र अहिले त्यो सिलिण्डर बाहिर ल्याउँदा ग्यासको लाइन देखिएको निगमले जनाएको छ । नाकाबन्दीको बेलामा एउटै परिवारले तीन÷चार वटासम्म ग्यास खरिद गरेका थिए । ती सिलिण्डर अहिले पुनः बजार एकै पटक ल्याउँदा लाइन देखिएको निगमले जनाएको छ । पुराना सिलिण्डर बजारमा आएपनि सोही माग अनुसार आपूर्ती भईरहेको र अभावको कुनै संभावना नै नभएको प्रबन्ध निर्देशक पौडेलले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro