site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा यी औषधी निःशुल्क पाइन्छ (सूचीसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । अस्पताल वा स्वास्थ्य संस्थाहरुमा जाँदा कहिल्यै निःशुल्क औषधी पाउनुभएको छ ? पक्कै छैन होला । धेरै नेपालीहरुलाई सरकारले निःशुल्क औषधी दिन्छ भन्ने कुरा थाहा पनि छैन । 
केही वर्षयता सरकारले अत्यावश्यक रूपमा चाहिने ७० प्रकारका औषधी केही निश्चित स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराइरहेको छ । तर, यसरबारे जानकारी नहुँदा सरकारले निःशुल्क उपलब्ध गराएका औषधी पनि उपभोक्ताले पैसा तिरेर किनिरहेको अवस्था छ । “सिटामोल, भिटामिन बी कम्प्लेक्स आदि थुप्रै प्रकारका औषधी निःशुल्क पाइने रहेछ, तर यसबारे थाहै थिएन । म त पैसा तिरेरै किनिरहेको छु,” राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा औषधी किन्दै गरेका भक्तपुरमा सविन श्रेष्ठले भने । सरकारले निःशुल्क औषधी दिए पनि त्यसबारे पर्याप्त रुपमा जानकारी नगराएको उनको भनाइ छ ।  
सरकारले ७० प्रकारका विभिन्न रोगका औषधी निश्चित स्वास्थ्य संस्थामार्फत् निःशुल्क उपलब्ध गराउँछ । यसका लागि बर्सेनि ठूलो बजेट छुट्याइएको हुन्छ । चालु आर्थिक वर्ष २०७३÷०७४ निःशुल्क औषधीका लागि एक अर्ब ४९ करोड रकम छुट्याइएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अधिकृत सूर्य खड्काले जानकारी दिए । यसमध्ये ११ करोड ९८ लाख रुपैयाँ औषधीका लागि विभिन्न जिल्लामा  पठाइसकेको र ९ करोड ८० लाख रुपैयाँ पठाउने तयारी भइरहेको उनले बताए । चालु आवमा काठमाडौंका विभिन्न अस्पतालमा औषधीका किन्नका लागि ७५ लाख रुपैयाँ विनियोजन भइसकेको र थप  ५ लाख रुपैयाँ पठाउने तयारी भइरहेको खड्काले जानकारी दिए । 

कहाँ कहाँ पाइन्छ निःशुल्क औषधी ?
सरकारले निःशुल्क उपलब्ध गराउने भनेका ७० वटा अत्यावश्यक औषधी देशैभरका २५ बेडसम्मको क्षमता भएका सम्पूर्ण सरकारी अस्पतालवाट लिन सकिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रवाट ५८ प्रकारका र स्वास्थ्य चैकीबाट ३५ प्रकारका औषधी निःशुल्क लिन सकिन्छ । 
सरकारी अस्पतालबाट पाइने निःशुल्क औषधी
१. लिग्नोकेन
२. पेरासिटामोल
३. एस्पिरिन
४. एबियुपोफिन
५. डिक्लोफिन्याक
६. इन्डोम्याथेसिन
७. क्लोरोफेनीरेमाइन
८. फेनिरिमाइन
९. सेटिरिजाइन
१०. मेटा«निडिजोल
११. टेनिडिजोल
१२. एमोक्सिसाइलन
१३. जेन्टमिजन
१४. सिप्रोफ्लाक्सीन
१५.क्लोरमफेनिकोल
१६. सेफ्ट्रिसवान
१७. सेल्फेमेथोक्सजोल
१८. एक्सीसाइक्लाइन
१९. एजिथ्रोमाइजिन
२०. क्लोक्सासिलिन
२१.नियोमिसिन
२२. फुलकोनाजोल
२३. एसिक्लोविर
२४. फेरोस सल्फेट
२५. फोलिक एसिड
२६. भिटामीन बि कम्प्लेक्स
२७. कम्पाउन्ड सोलुसन अफ सोडियम लेक्टेट
२८. ओडियम क्लोराइड
२९. डक्स्टोस सोलुसन
३०. हाइड्रोकोलोथियाजाइड
३१. एटिनोलोल
३२. अल्वीनपेजोली
३३. क्यालमाइन लोसन
३४. पोभिडोन लोडिन
३५. गामा बेन्जिन हेक्साक्लोराइड
३६. अल्मोनियम+हाइड्रोअक्साइड+म्यागाा हाइड्रोअक्साइड
३७. रेनिटिडिन
३८. एट्रोपाइन
३९. हियोसिन बटेलबोरेमाइट
४०. रिहाइड्रेसन
४१. क्लोभ ओइल
४२. मेटोक्लोरप्रोयामाइट
४३. प्रोमेथोजिन हाइड्रोक्लोराइड
४४. चारकोल इक्टिभेटेड
४५.वेन्जोइक एसिड
४६. फ्रोसेमाइड
४७. एम्लोडिपिन
४८. डेक्सामेथोसेन
४९. एल्बुटामोल
५०. एमिनोफिलिन
५१. प्रिडनीसोलोन
५२.प्रालीडोक्सीन सोडियाम
५३.फिनोबारबिटोन
५४.अल्पाजोलम
५५. कोल्प्रोम्याजि
५६.एमिट्रिपिलाइन
५७. हाइड्रोकोर्टिसोन     
५८.मेटर्फोमिन
५९. एड्रिनलाइन
६०. डिगाग्सिन
६१. सिल्भर सल्फाइजिन
६२. क्लरटिमिजोल
६३. डाइजेपाम
६४. सेन्सिन भाइलेट
६५. एल्लोपुरीनोल
६६. टेट्रासाइक्लाइन
६७. कार्वमेजेपाइन
६८.एसिटिजोलमाइड
६९.अक्सीमेटाजोलाइन
७०.लेभोथेरेक्सीन
    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४  ०५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro