site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, प्रधानमन्त्रीको सम्बोधन भोलि 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको छ । 

संसदको अर्को बैठक शनिबार ११ बजे बस्‍ने गरी सभामुख अग्नि सापकोटाले स्थगन भएको घोषणा गरे । क्यान्सरबाट पीडित  राष्ट्रियसभा सदस्य उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो । 

आज केपी ओली नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे  प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्रीको सो सम्बोधनको कार्यसूची भोलिका लागि सरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:१४
प्रतिक्रिया दिनुहोस्