site stats
बाह्रखरी :: Baahrakhari
खेल
नयाँ प्रशिक्षक नआउँदासम्म टमाटाले राष्ट्रिय टोली सम्हाल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ नेतृत्वको लागि चर्चा भएको थियो ।

टमाटाले अब नेपाली टोलीमा नयाँ प्रशिक्षक नआउँदासम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् । पटवालको स्थानमा रिक्त रहेको जिम्मेवारीमा टमाटालाई राखिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टोलीको जिम्मेवारी लिएका पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी यसअघि नै राजीनामा बुझाएका थिए ।

आईसीसीले पटवालको राजीनामा भने स्वीकृत गरेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १७:२२
प्रतिक्रिया दिनुहोस्