site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
 विराटनगरमा महाभोज मञ्चन हुँदै

काठमाडौं । नाटक महाभोज अब विराटनगरका दर्शकले हर्ने पाउने भएका छन् । माघ २२ र २३ गते विराटनगर गुरुकुलमा नाटक मञ्चन हुने छ । 

२२ गते दिउँसो १२ बजे र साँझ ४ बजे तथा २३ गते दिउँसो १२ बजे नाटक मञ्चन हुने कलाकार सिर्जना सुब्बाले जानकारी दिइन् । 

काठमाडौंको मण्डला थिएटरमा केही समय अगाडि मञ्चन गरिसकेको नाटक सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुल हाटखोलामा नाटक देखाउन लागेको हो । 

अनुप बरालले निर्देशन गरेको नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, विजय बराल, बुद्दि तामाङ लगायत कलाकारको अभिनय छ । विराटनगरमा मञ्चन हुने नाटकमा भने सिर्जनाको ठाउँमा दिया मास्केले अभिनय गर्नेछिन् । 

‘महाभोज’ समकालीन समाजको बिद्रुप अनुहार हो ।  समसामयिक नेपाली राजनीति, पत्रकारिता र दलित तथा सीमान्तकृत समुदायको यथार्थ चित्रण हो महाभोज । चुनाव नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताहरु कसरी साम, दाम, दण्ड र भेद अपनाउँछन् ? नाटकले देखाएको छ । समाजमा नैतिकवान राजनेताको छवी बनाएका नेतासमेत आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो हैंसियत जोगाइराख्न केके सम्म गर्न तयार हुन्छन् ? नाटकले उठान गरेको छ ।  

निर्धन दलित तथा सीमान्तकृत समुदायलाई राजनीतिको गोटी बनाउन नताहरुका प्रपञ्चलाई पनि उदाङ्गो पारेको ‘महाभोज’ समानान्तर रुपमा अरु विषयलाई उठान गरेको छ । अरुकै लागि सधैँ गुलामी गरिरहेको एक दलित बस्तीको कथा भन्दै नाटकले समग्र गरिब दलितहरुको कथा भनेको छ । पत्रिका विकाउन सम्पादकले अपनाउने तिकडम पनि नाटकले समेटेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro