site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महानगरसँग सर्वसाधारणको गुनासो, ‘कुकुरले सतायो, पार्किङ शुल्क धेरै भयो’

काठमाडौं । काठमाडौं महानगरसमक्ष सर्वसाधारणले छिमेकीको कुकुर भुकेर निद्रा बिथोलेको गुनासो पुगेको छ । यस्तै महानगरको सडक अस्तव्यस्त भएर हिँड्नै अफ्ठयारो भएको गुनासो पनि सर्वसाधारणले गरेका छन् । 

यस्ता गुनासा लिखित तथा कतिपयले त महानगरको हटलाइनमै फोन गरेर सुनाउने गरेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि जनताले आफ्ना दैनिक जीवनसँग जोडिएका र विकासका विषयमा गुनासो गर्न थालेका हुन् ।

महानगरपालिकाको मानव संसाधन विकास महाशाखाका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाअगाडि (वर्ल्ड ट्रेड सेन्टरमा) राखिएको ठूलो भिडियो स्क्रिनले जाम बढाएको, खुला मञ्च, बसापार्क व्यवस्थित नभएको, फुटपाथ व्यवसाय व्यवस्थापन, पार्किङमा बढी शुल्क लिएको गुनासो दर्ता भएका छन् । 

यस्तै  खाल्डाखुल्डीले समस्या पारेको, फोहोर व्यवस्थापन नभएको, विद्युतको समस्या, आकाशे पुलको अभाव, पार्किङले पैदल यात्रुलाई समस्या पारेको, निर्माणाधीन भवनबाट निस्किएको माटोले पु¥याएको सास्ती, विश्व सम्पदामा सस्चीकृत वसन्तपुरमा पार्किङ गरिएको, चिनियाँ राष्ट्रपतिको स्वागतमा रोपिएका बिरुवाको संरक्षण नभएको गुनासो पनि स्थानीयको छ ।

महानगरका अनुसार गौशाला–चाबहिल बाटोको अवस्था, काटेर राखेको तारले हिँड्न समस्या भएको, वागमती करिडोरमा मोटरसाइकल मर्मत पसलका कारण हिँड्न समस्या भएको, सडकपेटी अपांगमैत्री नभएको, चाबहिल–साँखु खण्ड मर्मत गर्नुपर्ने, सार्वजनिक शौचालय अभावलगायत गुनासा आएका छन् । काठमाडौं महानगरपालिकाले गुनासो सुन्नका लागि ‘हटलाइन’ नम्बर ११८० सञ्चालन गरेको छ ।

महानगरका बासिन्दाका गुनासा तत्काल सुनुवाइ गर्ने भन्दै ०७४ साउनबाट हटलाइन सेवाको आरम्भ गरिएको थियो । तर, हटलाइनमा गुनासो भने निकै कम आउने गरेका छन् ।

मानव संसाधन विकास महाशाखा शाखा अधिकृती सन्तु श्रेष्ठले हटलाइन सेवा सुरु भएको १ वर्षसम्मको विवरण नभएको भन्दै त्यसयता ९४ वटा गुनासो दर्ता भएको बताइन् । उनका अनुसार दर्ता भएका ९४ मध्ये २९ गुनासा फर्स्योट भएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro