site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलले किस्ताबन्दीमा कर तिर्न पाउने, चार किस्तामा १८ अर्ब १८ करोड तिर्दै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्न बाँकी रहेको १८ अर्ब १८ करोड आयकर किस्ताबन्दीमा तिर्न पाउने भएको छ । 

आयकर ऐन २०५८ को दफा ११० बमोजिम एनसेलले किस्तामा कर तिर्न पाउने ठूला करदाता कार्यालयले जनाएको छ । यद्यपी कार्यालयले औपचारिक निर्णय भने गरिसकेको छैन । 

ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले किस्ताबन्दीमा आयकर तिर्ने सुविधा ऐनमा रहेको बताए । 

उनले बाह्रखरीसँग भने, “एनसेलले मात्रै होइन जुनसुकै करदाताले थप ब्याजदर तिरेरै किस्ताबन्दीमा भुक्तानी गर्छु भन्छ भने त्यो सुविधा पाउँछ ।” 

एनसेलले १५ प्रतिशत व्याजदर र किस्ताबन्दीमा तिर्न थप पाँच प्रतिशत ब्याजदरसहित आयकर भुक्तानी गर्न सुविधा मागेको हो । 

एनसेलले २२ अर्ब ४४ करोडमध्ये पहिलो किस्तावापत ४ अर्ब ५४ करोड रुपैयाँ तिरेर बाँकी किस्ताबन्दीमा लाभकर तिर्ने सुविधा माग गरी ठूला करदाता कार्यालयलाई पत्र पठाइसकेको छ । 

कार्यालय प्रमुख अधिकारीले चार किस्तामा तिर्ने गरी एनसेलले ‘पेमेन्ट प्लान’ दिएको बताए । 

“जुनको अन्त्यसम्म बाँकी १८ अर्ब तिर्ने गरी कम्पनीले पत्र पठाएको छ,” उनले भने । 

एनसेलले मार्च महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, अप्रिल महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, मे महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ र जुन महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ किस्तामा कुल १८ अर्ब १८ करोड रुपैयाँ तिर्ने गरी तालिका करदाता कार्यालयमा पठाएको हो । 

सोही आधारमा ठूला करदाता कार्यालयले दूरसंचार प्राधिकरणलाई पनि पत्र पठाइसकेको छ । 

१८ सय मेगाहर्ज ब्यान्डको प्रतिमेगाहर्ज बढाबढ प्रक्रियाबाट एनसेल छनोट भए पनि तिर्नुपर्ने पूरै पुँजीगत लाभकर नतिरेसम्म फ्रिक्वेन्सी दिन नहुने आवाज संसदीय समितिमा उठेपछि तत्काललाई निर्णय नगरिएको हो । 

सोही कारण एनसेलले २२ अर्ब ४४ करोडमध्येको पहिलो किस्ता बापत ४ अर्ब ५४ तिरेको र बाँकी किस्ताबन्दीमा तिर्ने योजना पठाएको जानकारी प्राधिकरण कार्यालयले गराएको हो । 

सर्वोच्च अदालतले फैसलापछि ठूला करदाता कार्यालयले २०७६ मंसिर १९ गते एनसेलले पुँजीगत लाभकरवापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९५५ रुपैयाँ ५ पैसा लाभकर निर्धारण गरेको छ । 

सर्वोच्च अदालतको आदेशअनुसार कार्यालयले आयकर ऐन २०५८ को दफा १२० बमोजिमको व्यवस्थाका आधारमा पछिल्लो कर निर्धारण गरेको हो । 

यसअघि एनसेलले सरकारलाई आयकर बापत २३ अर्ब ५७ करोड भुक्तानी गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ । 

निर्णय गर्न किन ढिलाइ ?

ठूला करदाता कार्यालयका प्रमुख अधिकारीले यो विषयमा संसदीय समितिमा प्रवेश गरिसकेको हुँदा समितिको निर्णयका लागि केही ढिलाइ भएको बताए । 

“निर्णय गर्ने हामीले नै हो,” उनले भने, “संसदीय समितिमा समेत यो विषयले प्रवेश पाएकाले ढिलाइ भएको हो । पहिलोपटक यस्तो भएकाले सबै निकायको सुझाव लिन खोजिएको हो ।” 

तर कानुनले किस्ताबन्दीमा आयकर चुक्ता गर्न सक्ने व्यवस्था स्पष्ट रुपमा गरेको उनले बताए । 

उनले भने ,“कानुनी रुपमा एनसेल मात्रै होइन जो कोही करदाताले किस्ताबन्दीमा कर भुक्तानी गर्न पाउँछ । १५ प्रतिशत ब्याजमा थप ५ प्रतिशत जोडेर किस्ताबन्दीमा कर चुक्ता गर्न पाउँछ । तिर्न नपाउनुपर्ने कुनै कारण छैन ।” 

ऐनमा नै व्यवस्था भएकाले सो सुविधा एनसेलले पाउने उनले प्रष्ट्याए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro