site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विज्ञापन गरियो, परीक्षा लिइएन : परीक्षार्थीबाट उठेको ३७ लाख खोइ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७३ भदौ २७ गते छैटौं तहको अधिकृत स्तरमा कर्मचारी आवश्यक रहेको विज्ञापन गर्‍यो । जहाँ नौ पदका लागि ७० जना कर्मचारी मागिएको थियो । आवेदकबाट प्रतिव्यक्ति फारम शुल्क सय रुपैयाँ, परीक्षा शुल्क १ हजार रुपैयाँ र समावेशी तर्फ थप २ सय रुपैयाँ शुल्क तोकिएको थियो ।

काठमाडौं महानगरपालिका एक अधिकारीले बाह्रखरीलाई दिएको जानकारी अनुसार गोरखापत्रमा प्रकाशित उक्त विज्ञापनमा ३ हजार ३ सय ४ जनाले आवेदन दिएका थिए । जसबाट कुल ३७ लाख ९२ हजार ९६० रुपैयाँ संकलन भएको थियो ।

प्राप्त जानकारीअनुसार छैटौं तह शाखा अधिकृतमा २ हजार ६ सय ६७ जनाले दिएको परीक्षा दस्तुर वापत ३३ लाख १४ हजार ४ सय ६० रुपैयाँ संकलन भएको थियो । त्यसैगरी लेखा अधिकृतमा नौ जनाले दिएको दस्तुर वापत १० हजार १ सय रुपैयाँ, राजस्व अधिकृतका लागि ५५ जनाले दिएको दस्तुर वापत ६२ हजार ३ सय, सिभिल इन्जिनियरका लागि ३९१ जनाले दिएको दरखास्तबाट २ लाख ६ हजार ४ सय रुपैयाँ संकलन भएको थियो । आर्किटेक्चरल इन्जिनियरका लागि ७३ जनाले दिएको दरखास्तबाट ७९ हजार दुई, कम्प्युटर इन्जिनियरका लागि २७ जनाले दिएको दरखास्तबाट २९ हजार ७ सय, कम्प्युटर प्रोग्रामरका लागि ३३ जनाले दिएको दरखास्तबाट

३६ हजार ९ सय र स्ट्रक्चरल इन्जिनियरका लागि ४९ जनाले दिएको दरखास्तबाट ५३ हजार ९ सय गरी कुल ३७ लाख ९२ हजार ९६० रुपैयाँ संकलन भएको हो । कम्प्युटर अधिकृततर्फ कसैको पनि दरखास्त परेको थिएन ।

उनका अनुसार विज्ञापन गरेको तीन वर्षभन्दा बढी भइसक्दा पनि परीक्षा लिने कुनै योजना नगरपालिकासँग छैन । आन्तरिक तथा खुला प्रतियोगितमा स्थानीय नियमावली २०५६ अनुसार महानगरपालिका नगर परिषद्ले निर्णय गरेर नियुक्ती गरेको एक जना अध्यक्ष हुँने र लोकसेवाको प्रतिनिधि सदस्य हुने, मन्त्रालयको अधिकृत प्रतिनिधि हुने र महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव हुनेगरी व्यवस्था छ ।

त्यही अन्तर्गत विज्ञापन गर्ने र छानिएका परीक्षार्थीलाई नियुक्ति दिने कानुनी व्यवस्था छ । 

सोही वर्ष फाल्गुन ९ गते प्रथम पत्र, १० गते द्वितीय पत्र र ११ गते तृतीय पत्रको परीक्षा निर्धारण गरिएको थियो । उक्त दिन परीक्षार्थीले लिखित परीक्षण र अन्तरवार्ता दिने गरी परीक्षाको किसिम तोकिएको थियो । 

अधिकृत स्तर छैटौं तहमा लेखा अधिकृत र लेखाका लागि आदिवाशी जनजातिमा १ जना माग गरिएको थियो । यो पदका लागि ९ जनाले दरखास्त दिएका थिए । यसको प्रथम, द्वितीय र तृतीय पत्रका लागि क्रमशः फाल्गुन १२, १३ र १४ गते परीक्षा तोकिएको थियो । तर त्यो कार्यान्वयनमा आएन ।  

परीक्षा दस्तुर फिर्ता  गर्छौं : प्रशासन विभाग

यसैबीच विज्ञापनकै विषयमा काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख नमराज ढकालसँग कुरा गर्दा ढकालले तत्कालीन विज्ञापन खारेजी भएकाले परीक्षा दस्तुरको रकम फिर्ता दिने बताए ।

“कानुनको राय लिएर तत्कालीन पदपूर्ति समिति नभएको अवस्थामा पुरानो पदपूर्तिका प्रकृया अगाडि बढाउन नसक्ने भएकाले खारेज गरी परीक्षा दस्तुर फिर्ता गर्ने कानुनी राय पनि आएकाले कार्यपालिकाको निर्णयले सूचना नम्बर ६ र ७ अन्तर्गतका आन्तरिक खुला दुवै विज्ञापन रद्ध गर्ने निर्णय गरेकाले हामी छिट्टै सूचना गरी परीक्षा दस्तुर फिर्ता गर्छौं,” उनले भने ।

संविधानको आदेश र स्थानीय सरकार सञ्चालनसम्बन्धी जारी भएको निर्देशनअनुसार तत्कालीन पदपूर्तिको अवस्था रहेन भने पदपूर्ति समिति पनि खारेज हुने अवस्था भएकाले लामो समयदेखि कानुनी व्यवस्था नभएको, प्रदेश लोकसेवा आयोग गठन भएको र संवैधानिक व्यवस्था अन्तर्गत स्थानीय तहले आफैंले गर्नुपर्ने विज्ञापन प्रदेश लोकसेवा आयोगमार्फत् मात्र पदपूर्ति गर्न सक्ने व्यवस्था भएकाले, नयाँ पदपूर्तिको व्यवस्था पदपूर्ति समिति नभईकन संवैधानिक अंगको गठन भएको सम्बन्धमा त्यो खालको पुरानो विज्ञापनलाई कसले परीक्षा लिने ? यिनै अन्योल रहेकाले तत्कालीन विज्ञापन खारेज हुने ढकालको भनाइ थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro