site stats
बाह्रखरी :: Baahrakhari
देश
दृष्टिविहीन भन्छन्, ‘महानगर किन यति क्रूर ?’

काठमाडौं । काठमाडौं महानगरपालिको सडक मानवमुक्त अभियानले बाँच्ने आधारै खोसिएको भन्दै दृष्टिविहीनले रोजीरोजी नखोस्न आग्रह गरेका छन् ।

सडक पेटीमा गीत गाएर जीवन निर्वाह गर्दै आएको र महानगरका कारण आफूहरूको बाँच्ने आधार गुमेको उनीहरूको गुनासो छ । दृष्टिविहीनहरूले आइतबार महानगरमा कमाइ हुने बाटो बन्द नगरिदिन मागसहित ज्ञापनपत्र बुझाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरले २९ मंसिरबाट ‘सडक मानवमुक्त अभियान’ घोषणा गरेको थियो । अभियानको मुख्य उद्देश्य सकडमा बसेर सहयोग माग्न नपाउने थियो । त्यसपछि महानगरले सडक पेटीमा सहयोग माग्नेलाई हटाउँदै आएको छ ।

नेपाल दृष्टिविहीन संघर्ष समिति संयोजक मीनबहादुर तामाङले नगर प्रहरीले म्युजिक ट्र्याक र स्पिकर खोसेर लगेको बताए । उनले भने, ‘‘न्युरोड गेटमा म्युजिक ट्र्याकमा गीत गाइरहेका थियौं । नगर प्रहरीले स्पिकर लग्यो, हामी कला देखाएर सहयोग माग्छौं । महानगर किन यति क्रूर बनेको ?’’


राज्यबाट स्वतन्त्र ढंगले बाँच्ने अधिकारको हनन् नगर्न दृष्टिविहीनहरूको माग छ । उनीहरूले महानगरलाई बुझाएको ज्ञापनपत्रमा योग्यता र क्षमताका आधारमा रोजगारी, रोजगारी दिन नसके प्रतिव्याक्ति मासिक १० हजार रुपैयाँ, आवासको व्यवस्था, छोराछोरीलाई  निःशुल्क पढाइ र सार्वजनिक यातायातमा अपांगताका लागि छुट्याइएको आरक्ष सिटको कार्यान्वयन भए–नभएको बारे अनुगमनको माग छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १२:२७
प्रतिक्रिया दिनुहोस्