site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमका २५ पाइलटको सामूहिक राजीनामा, बाँकी रहेका सबैले राजीनामा दिने तयारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  नेपाल  वायुसेवा निगमका नेपाली पाइटलले सामूहिक राजीनामा दिएका छन् ।  नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् ।

निगमको इतिहासमै पहिलो पटक यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका हुन् । 

निगमको अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरुले राजीनामा दिएका हुन् । 

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् ।  ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् ।  अन्य नेपाली पाइलटले पनि राजीनामा दिने तयारी गरेको एक पाइलटले बताए । 

उनले भने,“अहिले उहाँहरु काठमाडौंमा हुनुहुन्न, आएपछि अरु पाइलटले पनि राजीनामा बुझाउनुहुन्छ ।” 

निगम व्यवस्थापनले विदेशी पाइलट र स्वदेशी पाइलटबीच विभद गरेकाले राजीनामा दिन बाध्य भएको ती पाइलटले बताए । 

उनले भने, “विदेशी पाइलटको ट्याक्स पनि निगमले तिर्छ र उनीहरुलाई १३ देखि १५ लाख रुपैयाँसम्म दिन्छ । नेपाली पाइलटले उनीहरुले भन्दा डबल काम गर्छन् तर तलब बढीमा २ लाख रुपैयाँ भन्दा हुन्न ।” 

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटको छ । 

उनले भने,“ट्याक्स पनि काटेको छ, अतिरिक्त १ लाख रुपैयाँ पनि काटेको छ, अनि हामीले कसरी काम गर्न सक्छौं?” 

दुईवटा छन् माग

राजीनामा दिएका नेपाली पाइलटको दुई वटा माग छन् । पहिलो, विदेशी पाइलटको ट्याक्स निगमले तिरिदिए जस्तै नेपाली पाइलटको पनि तिर्नुपर्ने । अर्को, ट्याक्स तिर्न नसक्ने भए नेपाली पाइलटलाई करारमा लिनुपर्ने । निगममा स्थायी भएर मात्रै केही नभएको भन्दै कि ट्याक्स तिरिदिनुपर्ने कि करारमा काम लगाउनुपर्ने ती पाइलटहरुको माग छ । 

राजीनामा दिएका पाइलट के भन्छन् ?

विदेशी पाइलटहरुको ट्याक्स नेपाल एअरलाइन्सले नै तिरिरहेको छ । उनीहरुलाई १३ देखि १५ लाख रुपैयाँसम्म पनि दिइरहेको छ । 


नेपाली स्थायी पाइलटहरुको हकमा व्यवस्थापनले सूचनाबिना केही समयअघि २ महिनाको तलबै दिएन ।  त्यसपछि पनि पछिल्लो पाँच महिनादेखि हरेक महिना ट्याक्स काटेर पनि अतिरिक्त एक लाख रुपैयाँ काटिरहेको छ । 

किन काटेको त्यसको जानकारी छैन । विदेशीले ४५ घण्टा उडाउँछन् । नेपाली पाइलटले ९० घण्टा उडाउँछन् ।  ९० घण्टा उडाएर पनि नेपाली पाइलटले धेरैमा २ लाख रुपैयाँ नत्र १ लाख मात्र पाइरहेका छन् । जबकि विदेशी पाइलटले नउडि १५ लाख पाइरहेका छन् । 

कुनै पनि पैसा काट्दै छ भने के कारणले काट्दैछ भन्ने थाहा दिनु पर्दैन ? कुनै पनि सुचना नदिइ केही समयअघि दुई महिनाको तलब नै दिएन । पछिल्लो पाँच महिनादेखि हरेक महिना अतिरिक्त १ लाख रुपैयाँँ काटिरहेको छ, तर किन काटेको जानकारी गराइएको छैन । 

हामीले भनेको के हो भने विदेशी पाइलटको ट्याक्स निगमले तिर्छ भने नेपाली पाइलटको पनि निगमले नै तिर्नुपर्छ । 

त्यसले हामीलाई राहत हुन्छ । यदि त्यो गर्न व्यवस्थापन सक्दैन भने हामीलाई करारमा लिए हुन्छ । 

स्थायी भएर केही फाइदा छैन । 

हामी करारमा काम गर्न तयार छौं । यी दुई वटा माग पूरा गर्न सक्दैन भने हामीले भनेका छौं आगामी तीन महिनापछि निगममा फर्कदैनौं ।

राजीनामाको तयारी जनवरी १७ मै

नेपाली पाइलटहरुले जनवरी १७ अर्थात् माघ ३ गतेदेखि नै यसबारे जानकारी गराइसकेका थिए । एकैपटक नेपाली पाइलटहरुले राजीनामामा हस्ताक्षर गर्न नसक्दा बिहीबार मात्रै राजीनामा बुझाएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro