site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 रिहा भएलगत्तै फेरि ३ जना विप्लवका कार्यकर्ता पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । दाङ देउखुरी जिल्ला अदालत, घोराहीको आदेशमा धरौटीमा रिहा भएलगत्तै भएलगत्तै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका तीनजना नेता कार्यकर्ता बुधबार पुनः पक्राउ परेका छन् ।

संगठित रुपमा राज्यविरुद्धको अपराध गरेको अभियोगमा थुनामा रहेका उनीहरुलाई जिल्ला अदालतबाट पुस ७ गते धरौटीमा रिहा गर्न आदेश भएकोमा आज बुधबार अदालतमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरु पुनः पक्राउ परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार पुनः पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष वविन केसी पाटन र राप्ती ब्युरो सदस्य प्रदीप वली रहेका छन् ।

अदालत परिसरबाट पक्राउ परेलगत्तै प्रहरीले राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलाई काठमाडौ लगेको छ भने अरु २ जनालाई अन्यत्र लगेको छ ।

Global Ime bank

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै बेलुकी ५ पुनः पक्राउ गरेको हो । गत असोज ३० गते राजपुर गाउँपालिका वडा नम्बर ४ मुंग्रेठाबाट एकै पटक २१ जना पक्राउ परेका उनीहरुलाई पुसको ७ गते जिल्ला अदालतले १५- १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । 

यसअघि पनि सोही अभियोगमा पक्राउ परेकाहरु धरौटीमा छुटे पनि अदालत परिसरबाट पक्राउ परेका छन् । गत असोजको ३० गते नेत्रविक्रम चन्द्र ‘विप्लव’का मध्यकमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहित २१ जना एकैपटक पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय