site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अदालतको गेटबाटै फेरि पक्राउ परे विप्लव नेकपाका पाँच नेता
Sarbottam CementSarbottam Cement

दाङ  । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  नेकपाका पाँच जना नेतालाई दाङ प्रहरीले सोमबार पुनः पक्राउ गरेको छ । 

राप्ती ब्युरो एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, पार्टी सदस्यहरु इन्द्रबहादुर वली, हितप्रसाद रोका र अमृत घर्ती मगरलाई दाङ प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका परिवारले आइतबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाए पनि कारागार प्रशासनले त्यस दिन रातपरेकाले सुरक्षा चुनौती भन्दै उनीहरुलाई अदालत उपस्थित गराएको थियो । पक्राउ गरिएका पाँचैजनालाइ छिमेकी जिल्ला पठाइएको बुझिएको छ ।

यसअघि माघ ३ गते पनि धरौटी बुझाएर छुटे लगत्तै भातृ संगठन दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज परियार र विष्णुबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको थियो ।

Global Ime bank

गएको असोज ३० गते पार्टीका मध्य कमाण्ड इन्चार्ज विरजंगसहित २१ जना विप्लव समूहका नेताहरुलाई दाङको देउखुरीस्थित राजपुरको मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुलाइ प्रहरीले संगठित रुपमा राज्यविरुद्धको कसुर गरेको आरोपमा मुद्दा चालाएको थियो । उनीहरुलाइ दाङ देउखुरी जिल्ला अदालतले पुस ७ गते जनही १५ ⁄ १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । तर पुनः पक्राउ पर्ने देखिए पछि उनिहरु सबै कारागार जाने निधो गरेका थिए ।

केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पुर्याएको थियो । उनीहरुलाई सर्वोच्च अदालतले छोड्न आदेश दिए पछि रिहा भएको बताईएको छ । एकै साथ पक्राउ परेकामध्ये ४ जनालाइ रोल्पा सरुवा गरीएको छ भने एक जनालाइ सल्यान लगिएको छ । यता तुलसीपुर कारगारमा विप्लवका दाजु चन्द्रबहादुर चन्द विरजंगसहित पाँचजना नेता कार्यकर्ता छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement