site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ गाउँपालिका सहित १२ स्थानिय तहमा एकैसाथ तालबन्दी गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन खारेजको मागसहित बुधबार राति ताला लगाईएको हो ।

पुरानो राज्य व्यवस्थाकै निरन्तरताको लागि स्थानीय निर्वाचनलाई एउटा पर्वका रुपमा प्रचार गरिरहेको हुँदा यसको खारेज गर्नुपर्ने भन्दै तालाबन्दी लगाइएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी किरण र इन्चार्ज हिमालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१० वर्षे माओवादी जनयुद्धपछि भएका उपलब्धीलाई बेवास्ता गर्दै र त्यस पछि भएका सहमती र सम्झौताको मुख्य उद्देश्यमाथी धोका भएको भन्दै निर्वाचनलाई खारेज गर्ने माग सहित तालाबन्दी गराइएको बताइएको छ । चौतारा नगरपालिकाका कार्यकारी अधिकृत उमाकान्त अधिकारी नगरपालिकाको कार्यालयभित्र सुतिरहेको अवस्थामा ताला लगाईएको थियो । ‘म कार्यालयभित्रै सुतिरहेको थिएँ । बिहान उठेर ढोका खोल्न खोज्दा त बाहिरबाट लगाईएको रहेछ । राती भूकम्प आएको भए ज्यान जोखिममा पर्ने रहेछ,’ अधिकृत अधिकारीले भने ।

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा यसरी रातारात जिल्लाका सबै स्थानीय तहमा तालाबन्दी गरिनुले जिल्लामा सुरक्षाको चुनौती बढेको र निर्वाचन हुदैन कि भन्ने संशय बढेको स्थानीयवासीले बताएका छन् ।

Global Ime bank

चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको कार्यालयमा लगाईएको ताला भने आज बिहानै प्रहरीले तोडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय