site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियाको भिक्टोरिया क्षेत्रका दसौं हजारलाई अन्यन्त्र सर्न आग्रह

अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा आगलागी फैलिन थालेपछि त्यस क्षेत्रका दसौं हजार मानिसलाई अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ ।

धेरै पर्यटकलाई इस्ट जिप्सल्यान्ड क्षेत्र छोड्न चेतावनी दिइएको छ । तापमान बढ्दै गएको र आगलागी पनि फैलिएको समाचारमा जनाइएको छ । अस्ट्रेलियाभरि अहिले पनि करिब १ सय स्थानमा आगलागी भइरहेका छन् । आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स र तास्मानियामा चेतावनी दिइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही आगलागी न्यू साउथ वेल्सको सिडनी सहर नजिकै पनि भइरहेको छ । लाखौं मानिसले नयाँ वर्षको फायर वर्कस्को कार्यक्रम स्थगित गर्न आग्रह गर्दै हस्ताक्षर संकलन गरेका छन् । 

उनीहरूले त्यसमा हुने खर्च अग्नि नियन्त्रणमा लगाउन आग्रह गरेका छन् । अहिले भिक्टोरिया क्षेत्रका तीन सहर ब्रुथेन, बुचान र बोनाङ्ग नजिकै केही आगलागी भइरहेका छन् । त्यस क्षेत्रमा ४० डिग्री सेल्सियस तापक्रम रहेको छ । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १३:११
प्रतिक्रिया दिनुहोस्