site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो छ राष्ट्रपति भण्डारीको अाजको कार्यक्रम
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरेर नोयडास्थित यमुना वायो डाईवर्सिटी पार्कको अवलोकन गरेकी छन् ।

उनी त्यहाँबाट राष्टपति भवन फर्केपछि भेटवार्ता सुरु भएको छ। राष्ट्रपति भवनकै ड्रविङ रुममा नेपाली समयअनुसार ११:४५ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छिन्। १२:३० बजे गृहमन्त्री राजनाथ सिंहले भेटवार्ता गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दिउँसो उद्योगी व्यवसायीहरलाई सम्बोधन गर्ने र दिवाभोज सकेर राष्ट्रपति भवनमा फर्केपछि भण्डारीसँग ४:०० बजे वित्त तथा रक्षामन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गर्नेछन् । अपरान्ह ४:४५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

त्यसपछि साँझ ५:४५ बजे उपराष्ट्रपति हमिद अन्सारीले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने राष्ट्रपति मुखर्जीसँग साँझ ७:४५ बजे भेट हुनेछ।

Global Ime bank

त्यस लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिएको रात्रीभोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्। रात्रीभोजमा भारतीय राष्ट्रपति मुखर्जी र भण्डारीले सम्बोधन गर्नेछन् । बुधवार र विहीवार गुजरात र उडीसाको भ्रमण सकेर शक्रवार राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय