site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँदिल्लीमा राष्ट्रपति भण्डारीलार्इ राज्यमन्त्रीको स्वागत
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी छन् । राष्ट्रपति भण्डारीलार्इ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी छन् ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ प्रस्थान गरेकी छन् ।  ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको आरए २०५ नम्बरको उडानबाट भण्डारी दिल्ली आइपुगेकी हुन् । उनीसँग परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालयका उच्च पदाधिकारी, परराष्ट्रसचिव शंकरदास बैरागीसहितका प्रतिनिधिमण्डल रहेका छन् भने नयाँ दिल्लीबाट राजदूत दीपकुमार उपाध्याय भ्रमणमा सामेल छन् । 

साँझ ५ बजे नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमको लागि उनी नयाँ दिल्ली, बाराखम्बास्थित नेपाली दूतावास पुग्नेछिन् । सो कार्यक्रम सकिए लगत्तै नेपाली दूतावासले नै आयोजना गर्न लागेको रात्रिभोजको लागि मानसिंह रोडस्थित होटल ताजमहल पुग्नेछिन् ।

Global Ime bank

राष्ट्रपति भण्डारीको सम्मानमा भोलि मंगलबार बिहान भारतीय सेनाले राष्ट्रपति भवनमै गार्ड अफ अनर दिने कार्यक्रम छ भने बिहान ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय