विदेश

न्युजिल्याण्ड । न्युजिल्यान्डमा ज्वालामुखी बिस्फोटबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा उपचार गराइरहेका एक युवाको पछिल्लो पटक मृत्यु भएपछि सो संख्या १६ पुगेको हो ।
उपचारको क्रममा अष्ट्रेलिया लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो । २० जनालाई गम्भीर जलनका कारण उपचारार्थ आईसीयूमा राखिएको जनाइएको छ ।
उद्धार दल घटनास्थलमा गए पनि अझै दुई वटा शव पत्ता लाग्न नसकेको जनाइएको छ । न्युजिल्याण्डको ह्वाइट आइल्यान्डमा गएको सोमबार ज्वालामुखी विस्फोट भएको थियो ।
(बीबीसी)
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६ ११:४०
प्रतिक्रिया दिनुहोस्