site stats
बाह्रखरी :: Baahrakhari
विदेश
केहीबेर अर्बपति बन्दाको खुसी !

वाशिङटन । अमेरिकाको उत्तरी टेक्सासकी एक महिला केही बेरको लागि मात्रै अर्बपति हुन पाउँदा पनि दंग परेकी छन् ।  बैंकको क्लर्कको गल्तीका कारण उनको खातामा अर्बौं रकम आएपछि उनी खुसी भएकी हुन् ।  गएको मंगलबार डल्लास निवासी रुथ बलुन आफ्नो खातामा ३७ मिलियन डलर जम्मा भएको पाएर चकित भएकी थिइन् । 

कुरा लेगेसी टेक्सस बैंकको थियो । उनी खुसीले भन्दै थिइन् “वाउ हामीसँग धेरै रकम भयो ।” उनले सुरुमा खातामा कसैले ठूलो रकम उपहार पठाएको ठानेको  स्थानीय सीबीएस ११ न्यूज स्टेसनसँगको कुराकानीमा बताएकी छन् ।   यद्यपि त्यो आशा छोटो हुन पुग्यो । रिपोर्टका अनुसार उनले आफ्ता पतिलाई पनि त्यो खुसीको कुरा सुनाइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

के भएको भनेर उनले बैंकमा सोध्दा भने बैंकले गल्ती भएर त्यस्तो भएको उनलाई जानकारी गरायो ।  त्यसपछि तत्कालै सो रकम वास्तविक मालिकको खातामा रिरुट गरियो ।  त्यो परिवर्तन गर्नुअघिको रकमको बलुनले स्क्रिन सट लिएकी थिइन् । उनले त्यसलाई आफू एकपटक अर्बपति भएको देखाउन प्रमाणको रुपमा राखेकी छन्  ।

‘‘म अर्बपति भएको थिएँ । म सँग त्यसको स्क्रिन सट छ । त्यो अहिले पनि म भन्न सक्छु,’’ उनले सीबीएस ११ सँग भनिन् ।  उनले बैंकबाट आफूले केही सम्मान पाउने अपेक्षा गरेकी छन् ।  धन्यवाद मात्रै भए पनि बैंकले भन्नुपर्र्ने उनले जनाएकी छन्  ।  उनले बैंकलाई घटनाको बारेमा जानकारी गराएको र असल ग्राहकको रुपमा पुरस्कार पाउनुपर्ने जनाइन् । 

सो टिभी स्टेशनको प्रश्नमा बैंकले भनेको छ,“मंगलबार डिसेम्बर १० का दिन हाम्रो ग्राहकले विदेशी मुद्राको डिपोजिट लेगेसी बैंकको एकाउन्टमा गरेका थिए । एक्सचेन्ज दरमा आएको उतारचढावले  सबै विदेशी मुद्रा हाम्रो प्रणालीमा म्यानुअल्ली इन्टर गरिएको थियो । जब हाम्रो ग्राहकको डिपोजिट इन्टर गर्न लागिएको थियो हाम्रो प्रतिनिधिले उनको खाता नम्बर गल्तिबश इन्टर गर्नुभएछ । तर हाम्रो ग्राहकले सो गल्तिबारे हाम्रो ध्यानाकर्षण गराउनुभयो । त्यसपछि त्यो रकम तत्काल रिभर्स गरियो ।’’

यो वर्षको सुरुमा पनि पेन्सिलभानियाका एक जोडीले त्यस्तै अवस्थामा रकम खर्च गरेका थिए ।  फक्स ५ समाचारका अनुसार रोबर्ट र टिफिनी विलियमले यसैगरी १ लाख २० हजार डलर रकम पाएका थिए ।  मे ३१ मा त्यस्तो भएकोमा उनीहरुले बैंकलाई खबर पनि गरेनन् र जुन १९ सम्ममा अधिकांश रकम खर्च गरेका थिए । 

पछि बैंकले थाहा पाएपछि त्यो जोडीसँग सम्पर्क गरेर ओभरड्राफ्ट करिब १ लाख तिर्न लगाएको थियो ।  त्यतिबेलाको रिपोर्ट अनुसार उनीहरुलाई कानुन उल्लंघनको अभियोग समेत लगाइएको थियो । (न्यूजविकबाट)
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  ०७:४४
प्रतिक्रिया दिनुहोस्