site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकर्स संघका अध्यक्ष दाहाल भन्छन्– बैंकर आतङ्कित छन्, मनोबल बढाउनुपर्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत चयन भएका बैंकर भुवन दाहालले पछिल्ला केही घटनाले बैंकर आतङ्कित एवं निराश भएकाले मनोबल बढाउने काम गर्नुपर्ने बताएका छन् । बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई कर्जा अपचलनको मुद्दामा जेल पठाएपछि बैंकर आतङ्कित बनेको उनले बताए । 

उनले बाह्रखरीसँग भने, “अजय दाइको घटनापछि बैंकर आतङ्कित छन्, मनोबल खस्किएको छ । कर्जा दिने कागजपत्रमा हस्ताक्षर गर्न बैंकर, कर्मचारी डराएका छन्, उनीहरुको मनोबल बढाउन राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग मिलेर काम गर्नुपर्नेछ ।” 

उनले बैंकर एवम् कर्मचारीमा देखिएको निराशा मेट्नुपर्नेमा जोड दिए । “गलत नियतले कर्जा दुरुपयोग गर्ने बैंकर, कर्मचारीलाई जेल हाल्नैपर्छ,” उनले भने, “तर सही तरिकाले काम गर्दा गलत भयो भने पनि नियत गलत हुनेलाई जसरी कारबाही गर्नु भएन ।” 

बैंक सञ्चालन गर्दा जोखिम हुने भएर नै राष्ट्र बैंकले कुल आम्दानीको १५ प्रतिशत सुरक्षण गर्नुपर्ने नियम बनाएको छ । 

“सही नियतले काम गर्दा गलत भयो भने पनि बैंकलाई असर नपरोस् भनेर नै गरिएको यस्तो व्यवस्था अन्तर्राष्ट्रिय प्रचलन पनि हो,” उनले भने, “फटाहालाई जेल हाल्नैपर्छ तर राम्रो मान्छेलाई काम गर्न दिनुपर्छ, निराशा मेट्नुपर्छ ।”

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका संघका नवनिर्वाचित अध्यक्ष दाहालले बैंकिङ्ग प्रणालीलाई बलियो बनाउन बैकिङ्ग समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । बैंकिङ्ग क्षेत्रलाई थप इमान्दार र पारदर्शी बनाउनुपर्ने, मेपेन्ट प्रणालीलाई डिजिटलाइज्ड बनाउन काम गर्ने उनले बताएका छन् । 
“क्यास पेमेन्टलाई डिजिटलाइज्ड गराउनुपर्नेछ, यसले बैंकलाई पारदर्शी बनाउन सहयोग गर्छ र सरकारलाई राजस्व पनि धेरै जान्छ,” उनले भने । 

यस्तै प्राथमिक क्षेत्रमा दिनुपर्ने कर्जा र सहुलियतपूर्ण कर्जालाई कसरी प्रभावकारी बनाउने भन्नेमा पनि लाग्ने उनले बताए । 

“सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा बैंकिङ्ग क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गर्छौँ,” उनले भने । 

बैंकर्स संघको भोलि बिहीबार हुने साधारणसभामा उमेदवारी दिने समय मंगलबारसम्म रहेकोमा दाहालको मात्रै उमेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । संघको उपाध्यक्षमा पनि वर्तमान उपाध्यक्ष अनुकूल भटनागर चयन भएका छन् । उपाध्यक्षमा पनि उनको मात्रै उमेदवारी परेको हो । 

यसैगरी संघको सदस्यमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको मात्रै उममेदवारी परेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । 

संघमा सुमन शर्मा, गोविन्द गुरुङ र रमेशराज अर्यालबाहेक अरु सबै नयाँ हुन् ।   

संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको २ वर्षे कार्यकाल आगामी ४ जनवरीसम्म रहे पनि उनले ४ जनवरीसम्मै काम गर्ने नगरे साधारणसभाको दिनमा नै थाहा हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro