site stats
बाह्रखरी :: Baahrakhari
खेल
२३ वर्ष मुनिको पुम्से महिला टिम इभेन्टमा नेपाललाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा २३ वर्ष मुनिको महिला पुम्से टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेका छ ।

यो विधामा नेपालका निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिनाको टोलीले स्वर्ण जितेको हो । नेपालको टोलीले सर्वाधिक ७।९८० अक ल्याउदै स्वर्ण जित्न सफल भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसै विधामा दोस्रो भएको भारतले ७।७९० अक ल्याउदै रजत पदक जितेको हो । 

यो सँगै नेपालले तेक्वान्दोमा छ स्वर्ण जितिसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १७:५१
प्रतिक्रिया दिनुहोस्