site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा दुई राउण्ड हवाई फायर, तीन अपहरणकारी पक्राउ
Sarbottam CementSarbottam Cement

सांकेतिक तस्बिर


दाङ । दाङमा दुईजनालाई अपहरण गरी पाँच लाख रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कात्तिक २३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं ३ खमारीस्थित चमेरे गुफाबाट रा ४ प ६०८३ नं को मोटरसाइकलमा फर्किने क्रममा एक जोडीलाई नियन्त्रणमा लिएका थिए ।

उनीहरुलाई कुटपिट तथा डर त्रास देखाएर लुटपाट गरी अश्लिल भिडियो बनाएर सामाजिक सञ्‍जालमा सार्वजनिक गरिदिने धम्की दिएर पाँच लाख रुपैया माग्ने तुलसीपुर उपमहागरपालिका वडा नं. ३ खमारीका १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाइ प्रहरीले पक्राउ गरेको हो । 

Global Ime bank

अपहरणकारीहरु भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको थियो । 

घटनामा संलग्नमध्ये २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पीडितको जाहेरीका आधारमा सोमबार तुलसीपुर ३ खमारी क्षेत्रमा प्रहरी परीचालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलयले तुलसीपरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement