site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बीचमै टुट्यो नर्स बन्ने सपना, न्याय खोज्दै भौँतारिनुपरेको छ’
SkywellSkywell

काठमाडौं । अछामकी गीता ढुंगाना नर्स बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । सपना पूरा नहुँदै बीचमै चक्रवर्ती हबी नर्सिङ् कलेजले त्यो सपना पूरा हुन दिएन । “घरको आर्थिक अवस्था कमजोर भए पनि आमा बुबाले म नर्स बनेको सपना देख्नुभएको थियो । तर मेरो बुबा र मेरो सपना कलेजले बीच बाटोमा नै तुहाइदियो,” उनले भनिन्  ।

“चक्रवर्ती हबी नर्सिङ् कलेजमा तीसजनाको कोटा खाली रहेको विज्ञापन देखेँ, इन्ट्रान्स दिएँ । मेरो नाम निस्कियो । निकै खुसी हुँदै आमाबुबालाई सुनाएको थिएँ । तर त्यो खुसी करिब दुईवर्षमा पुग्न नपाउँदै आँसुमा रुपान्तरण भयो । आमाबुबाले भन्नुहुन्थ्यो जेठी छोरी नर्स बन्छे, अरु चारजना भाईबहिनीलाई पढाउँछे भन्दै बैंकबाट ऋण गरेर पैसा पठाइदिनुहुन्थ्यो, तर कलेजले छिनभरमै सपना तुहाइदियो,” उनले निकै भावुक हुँदै भनिन्, “हाम्रो भोक निद्रा र सपना सबै लुट्यो कलेजले । यतिबेला कक्षा र पढाइ छोडेर कहिले अदालत, कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) त कहिले मिडियामा न्यायका लागि धाउनु परेको छ ।”

सर्लाहीकी सोनी आलेमगर वर्षभरी राम्ररी पढेर परीक्षाका लागि तयार भइन् तर परीक्षाको प्रवेशपत्र नै आएन् । प्रवेशपत्र नआएपछि कलेजमा गएर सोध्दा कलेजले भन्यो,  ‘सीटीईभिटीले रजिष्ट्रेसन नम्बर दिएन ।’

KFC Island Ad
NIC Asia

“म छाँगाबाट खसेझैं भएँ,” उनले भनिन्, “राम्रोसँग कलेजमा पढाइ भएकै थियो । गणेशमान सिंह मेमोरियल अस्पताल र जोरपाटी अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि लग्ने गर्थ्यो । तर रजिष्ट्रेशन नम्बर र प्रवेश परीक्षामा सहभागी हुन पाइएन ।”

कलेजले सीटीईभीटीले रजिष्ट्रेशन पठाएन छ, पुनः नआत्तिनुहोस् भनेर ढाडस दिइरहेकै थियो । तर पनि उनीहरुले सीटीईभीटीमा गएर बुझ्दा, कलेज भर्ना लिनुभन्दा अघि नै खारेज भएको रहेछ ।  

Royal Enfield Island Ad

“हामीलाई कलेजले ठगेको रहेछ । घरको आर्थिक अवस्था कमजोर भए पनि आमाबुबाले दुःख गरेर पढ्न पठाउनु भएको थियो,” उनले भनिन्, “सीटीईभीटीले खारेज गरेको कलेजले त्यसबेला विवाद सुल्झिएको छ । भर्ना भए हुन्छ भन्दै झुक्यायो, शिक्षा बिग्रियो, भविष्य अन्योल भयो ।”

सोनीजस्तै आफ्नो नर्स बन्ने सपना अधुरै रहेको ओखलढुंगा, फुलबारीकी कमला थापा बताउँछिन् । “यस चक्रवर्ती नर्सिङ कलेजले हाम्रो भविष्य अन्योल बनायो । अरु साथीहरु साउन २६ मा पीसीएल नर्सिङ्को पहिलो वर्षको परीक्षा लेख्दै थिएँ तर मैले  भने किन हाम्रो परीक्षा रोकिएको भनेर कलेजमा प्रश्न गर्नुपरेको थियो,” उनले भनिन्, “यदि कलेजको सम्बन्धन खारेज भएको थाहा भएको भए, भर्ना नै गर्ने थिएनौँ । अहिले दुई वर्ष लस भयो । त्यसको क्षतिपूर्ति कसले दिन्छ ?,” उनको प्रश्न छ ।

दैलेख ठाँटीकाँध गाउँपलिकाकी प्रेमिका शाही खारेज गरेको कलेजले कतै विद्यार्थी भर्ना गरेको छ कि भनेर सीटीईभीटीले अनुगमन नगर्दा आफूहरुको भविष्य बिचल्लीमा परेको बताउँछिन् । “अदालतले दिएको स्टे अर्डर देखाउँदै कलेजले ठगी गरेको अहिले थाहा पाइयो,” उनले भनिन्, “कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न गणेशमान सिंह मेमोरियल अस्पताल कलेजको सम्बन्धन खारेज भएको कुरा आफूहरुलाई जानकारी नहुँदा विच्चलीमा पर्यौँ ।”

कलेजले मापदण्ड पूरा नगरेपछि तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०७४ सालमा सम्बन्धन खारेज गरेको थियो । तर, कलेजले सम्बन्धन खारेज भए पनि शैक्षिक सत्र आर्थिक ०७४–०७५ मा ३० विद्यार्थीको भर्ना लिएको थियो ।

ती विद्यार्थीहरुले गत साउन २६ गतेको पहिलो वर्षको परिक्षा सीटीईभीटीले प्रवेश पत्र र रजिष्ट्रेशन नगरेपछि रोकिएको हो । कलेजमा भर्ना भएका सबै विद्यार्थी उपत्यका बाहिरका छन् । जसमा धेरै कर्णाली प्रदेशका छन् । 

चिकित्सा शिक्षा ऐन २०७५ ले नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनिवार्य रूपमा अस्पताल सञ्चालन गरेकै हुनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयले काउन्सिललाई विसं. २०७४ असोज मसान्तसम्म आफ्नै अस्पताल नभएका नर्सिङ कलेजलाई सम्बन्धन नदिन निर्देशन दिएको थियो । ती विद्यार्थीहरुले कलेजले सुरुमा ४० प्रतिशत लिनुपर्नेमा हामीमा ६० प्रतिशत लिएको जसमा प्रत्येकबाट तीनलाख ११ हजार ४ सय रुपैयाँ लिएको बताउँछन् । 

त्यसैगरी, सीटीईभीटीका प्रवक्ता देवचन्द्र देवकोटाले भने चक्रवर्ती हबी नर्सिङ् कलेजले मापदण्ड पूरा नगरेकाले २०७४ सालमा नै खारेज गरेको बताए । कलेजले कानुनी मापदण्ड पूरा नगरेको भन्दै राष्ट्रिय दैनिकमा नै सूचना जारी गरिएको थियो । तर सूचना जारी गर्दागर्दै पनि कलेजले विद्यार्थी भर्ना लिँदा अहिले यो समस्या आएको उनले बताए । 

“कलेजले रजिष्ट्रेसनका लागि अदालमा मुद्दा हालेको थियो । तर अदालतको मुद्दा कलेजले हार्यो, रजिष्ट्रेशन गर्न मिल्दैन,” उनले भने, “विद्यार्थीलाई कलेजले ठग्यो उनीहरुलाई अन्याय परेको छ । उनीहरुको पक्षमा सीटीईभीटी सकारात्मक छ, तत्काल व्यवस्थापन गर्न सीटीईभीटीमा छलफल चलिरहेको छ ।”
कलेज अध्यक्ष निलकृष्ण ताम्राकारले कलेज खारेज नभएको र सीटीईभीटीले खेल खेलेको दाबी गर्छन् । 

कलेज पटक–पटक अदालत गएको बताउँदै उनले भने, “अदालतले पनि तीन पटकसम्म कलेजका विद्यार्थीको रजिष्ट्रेशन गरिदिनू भनेर भन्दा पनि अटेरी गरेको थियो । अदालतको अवहेलना गरेको मुद्दा कलेजले पुनः हालेको थियो । तर अन्तिमा आएर कात्तिक ४ गते सीटीईभीटीको पक्षमा अदालतले निर्णय गर्यो ।”
उनले अहिले विद्यार्थी तत्काल व्यवस्थापनका लागि उनीहरुबाट लिएको रकमसमेत फिर्ता गरेको बताए ।  
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro