site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ वर्षीया गर्भवतीको सुरक्षित गर्भपतन, पुनर्स्थापनाको चिन्ता
SkywellSkywell

काठमाडौं । परोपकार प्रसूति गृहको गाइनो वार्डको तेस्रो तलाको २०२ नम्बर रुममा भेटिन्छिन् अछामकी १२ वर्षिय एक बालिका । उनलाई आफू के भएर अस्पताल आएको र किन आएको पनि थाहा छैन ।

उनलाई वार्डका अन्य महिलाभन्दा अलि छुट्टै तरिकाले राखिएको छ । उनी बसेको वरिपरी पर्दा राखिएको छ । पर्दाभित्र उनी छिन् र हातमा एउटा खेलौना दिइएको छ । उनको वार्ड नजिकै रहेका अन्य महिलाहरु ती बालिकालाई हेर्दै भन्छन्, “बिचरा १२ वर्षकी बालिका गर्भवती ! कुन पापी होला यो खेल्ने रमाउने उमेरकीलाई यो हालत बनाएको ।”

उनी त्यही खेलौनासँग खेल्छिन् । कोही पर्दा उठाएर बेड नजिकै आयो भने खिस्स हाँिस्छन् । आफ्नो कपडा हेर्छिन् । उनलाई कसैले बोलायो भने त्यसको कुनै परवाह गर्दिनन् । न सुन्न सक्छिन्, न राम्रोसँग बोल्न ।

KFC Island Ad
NIC Asia

अस्वाभाविक हाउभाउ देखाउने उनी सुस्त मनस्थितिकी हुन्–चिकित्सकीय भाषामा ‘बौद्धिक अपाङ्ग’ । यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन । उमेर बढ्दै गए पनि उनीहरुको स्वाभाव चाहिँ बच्चाको जस्तै हुन्छ । गत शनिबार अस्पतालमा भर्ना गर्दा २१ साताको गर्भवती थिइन् उनी । 

१२ वर्षिय यी बालिका जन्मदेखि नै मानसिक रोगबाट गुज्रेकी छिन् । उनलाई कसैले पैसा दियो भने त्यो मान्छेको अनुहारमा पुलुक्क हेर्छिन् र एकोहोरो पैसालाई हेरेर खिस्स हाँस्छिन् । निकै समयसम्म हातमा लिन्छिन्, यताउता उल्टाउँछिन् । 

Royal Enfield Island Ad

उनको नजिकै टोलाइरहेका छन् ठूलोबुबा कृष्ण । घरी छोरीको छेउमा पुग्छन् त् घरी बाहिर टहलिन निस्कन्छन् । कोहि छोरी भएको नजिकै आयो भने दौडेर आउँछन् । “बोल्न र सुन्न नसक्नेलाई सबै तिरबाट गाह्रो,” भावुक भएर भन्छन् । उनको अर्को पिरलो पनि छ– बोल्न नसक्ने भाइबुहारीको ।

करिब एक महिनाअघि बालिका जंगलमा दाउरा लिन जाँदा कुकुरले टोकेपछि नजिकैको अस्पतालमा उपचारका लागि लगियो । त्यहाँ उनको बुबालाई करिब ३ महिनादेखि पेट दुख्यो भनेर भन्दिरहिछन् । अलि पेट फुलेको देखिन्थ्यो । तर खेल्ने, खाने र दाउरा लिन जाने गरेकाले वास्ता भएन । तर कुकुरले टोकेको उपचार गर्न जाँदा स्वास्थ्यकर्मीलाई पेट दुखेको समस्या सुनाइन् । चेकजाँच गर्दा पाँच महिनाको गर्भ रहेको थाहा भयो । त्यसपछि छोरीलाई जिल्ला अस्पताल लगे । तर त्यहाँ उपचार हुन नसक्ने भनेर परोपकार प्रसूति गृहमा रिफर गरिदियो । 

आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर उनको स्वास्थ्य अवस्थ्याको बारेमा बुझ्न प्रसूति गृह आएकी थिइन् । मन्त्री थापाले उनको नजिकै आएर तिमीलाई कस्तो छ भनेर सोध्दा खिस्स हाँसिन् । आफूसँग भएको पुतली देखाइन् । नजिकै रहेका ठूलोबुबा कृष्णले मन्त्री थापालाई स्वास्थ्यबारे जानकारी गराए । मन्त्री थापाले आर्थिक अवस्थाको बारेमा सोधिन् । “अहिले वडा कार्यालयले सहयोग गरेको छ । विभिन्न संघसंस्थाले पनि सहयोग गरिरहेका छन्,” कृष्णले सुनाए ।

मन्त्री थापाले उनको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुबाट पनि जानकारी लिइन् । चिकित्सकहरुले गत शुक्रबार बेलुका गर्भपतन गरेको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । मन्त्री थापाले भनिन् “यस्ता हिंसामा परेका बालबालिका र महिलाहरुलाई सरकारले सहयोग गर्छ ।”

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, “बाह्र वर्षकी बालिकाको पेटमा २१ साताको गर्भ रहेछ । गत शुक्रबार बेलुकी सुत्केरी बेथा लगाउने सुई लगाएर गर्भपतन गरिएको हो ।” उनले थपे, “वर्षमा चार सयजति यस्ता बालबालिका र महिला आउने गरेका छन् । दुर्व्यवहारमा परेका, हाड नाता करणी, अपांगता भएका र जबरजस्ति करणीको गर्भपतन गर्न सकिने ऐनमा नै उल्लेख छ । हामीले पनि सोहि अनुसार उपचार गर्ने गरेका छौं । लैंगिक हिंसासम्बन्धी घटना भएकाले बालिकाको उपचार खर्च निःशुल्क गरेका छौं । हामीले हिंसासम्बन्धी बिरामी, गर्भवती र सुत्केरीको उपचारमा शुल्क लिने गरेका छैनौं ।”

यस्ता बालबालिकालाई पुनस्र्थापना गरेर घरमै पठाउँदा पुनः पहिलाको समस्या दोहोरिने खतरा बढी हुने डा. गौतम बताउँछन् । बालिकाका ठूलोबुबा कृष्णले अहिले गाउँकै तीनजनालाई प्रहरीले निगरानीमा राखेको र अन्य दुई जनालाई पक्राउ गरेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro