site stats
बाह्रखरी :: Baahrakhari
खेल
डेबिडको शतकसँगै न्युजिल्यान्डविरुद्ध इङल्यान्ड ७६ रनले विजयी

काठमाडौं । डेबिड मलन र कप्तान मोर्गनको उत्कृष्ट प्रदर्शनमा प्रेरित इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको चौथो टी-ट्वान्टी क्रिकेटमा ७६ रनले विजयी भएको छ । 

शुक्रबार भएको खेलमा डेबिड र मोर्गनको उत्कृष्ट प्रदर्शनसँगै इङल्यान्ड ७६ रनले विजय भएको हो । जितसँगै इङल्यान्डले पाँच टी-ट्वान्टी सिरिज २-२ को बराबरी पारेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याक्लीन पार्कमा २ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ दशमलव ५ ओभरमा १ सय ६५ रनमा अलआउट भएपछि इङल्यान्ड विजय भएको हो । 

न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले सर्वाधिक ३९ रन बनाए । कोलिन मुन्रोले ३० तथा मार्टिन गुप्टील २७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । न्युजिल्यान्डका खेलाडीलाई सस्तैमा समेट्न इङल्यान्डका म्याट पार्किसनले सर्वाधिक ४ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । इङल्यान्डका लागि डेविड मलनले शतक बनाएका थिए । ५१ बल खेलेका उनले ९ चौका र ६ छक्काको मदतमा १ सय ३ रन बनाए । 

कप्तान इयोन मोर्गजले ९१ रनको योगदान दिएका थिए । ४१ बल खेलेका उनले ७ चौका  ७ छक्का प्रहार गरेका थिए । पाँचौ तथा अन्तिम टि–ट्वान्टी खेल आइतबार हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्