site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसलाई  राँको र टायर बालेर ओर्लियोस् भनेर निम्तो दिएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालमाथि भएको आक्रमणको निन्दा गरेका छन् । डा रिजाललाई आइतबार दिउँसो तनहुँको रिसिङ् गाउँपालिकाको भवन शिलान्यासका लागि जाने क्रममा बाटोमा नेकपा कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । 

कांग्रेस प्रवक्ता शर्माले उक्त घटनाको निन्दा गर्दै सरकारले प्रतिपक्षी कांग्रेसलाई राँको र टायर बालेर ओर्लियोस् भनेर निम्तो दिएको हो ? भन्दै प्रश्न गरेका छन् । 

उनले सरकारलाई मण्डलेकरण रोक्नसमेत चेतावनी दिएका छन् । 

आइतबार उनले ट्‍विटमा लेखेका छन्, " अधिनायक आकांक्षाले सुरूवातमा आफ्नै कार्यकर्ताको हुर्मत लिन्छ मण्डलेकरण प्रारम्भ गरेर ! डा मिनेन्द्र रिजालमाथि भएको आक्रमण प्रयासको निन्दा गर्दछु । सालिनता त्यागि प्रतिपक्ष राँको र टायर बाल्दै १०-२० बन्दमा ओर्लियोस् भनेर निम्तो दिइएको हो @pm_nepal ? कि रोक्ने मण्डलेकरण ?" 

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्