site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मण्डले शैलीमा नेता रिजालमाथि भएको आक्रमण सुनियोजित’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालमाथि तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यासका लागि जाने क्रममा बाटोमा भएको आक्रमण सुनियोजित भएको कांग्रेसको आरोप छ । नेता रिजालसहितका कांग्रेस नेता कार्यकर्तामाथि आइतबार दिउँसो आक्रमणको प्रयास भएको थियो । 

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "प्रतिनिधि सभा सदस्यसमेत रहेका डा. रिजाल, तनहुँका कार्यवाहक सभापतिलगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।"

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोसमेत जनाइएको छ । 

कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषयको विज्ञप्तिमा उल्लेख छ । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्‍याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गइरहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेसले सबैलाई आग्रह गरेको छ । 

मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारकाविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्र्न बाध्य हुनेसमेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, "लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro