site stats
बाह्रखरी :: Baahrakhari
देश
कान कोट्याउनुहुन्छ ? थप समस्या आउला !

काठमाडौं । मौसम परिवर्तनको समयमा नाक कान घाँटीका बिरामीहरु बढी आउने गरेका छन् । अझ यो समयमा मौसमी रुघाखोकी बढी देखिने हुँदा जसले कानमासमेत असर गरेको देखिन्छ । धेरै मानिसको के बानी कान सफा गरिरहने खालको हुन्छ ।

अझ कान सफा गर्न बजारमा विभिन्न प्रकारका कान कोट्याउने उपकरणहरु ‘एयरबड’ चिम्टीकाँटा, कान कोट्याउने र कानेगुजी निकाल्ने गरेको देखिन्छ । तर त्यो बानीले स्वास्थ्यका लागि हानि गरिरहेको हुन्छ । कान आफैँ सफा हुने अंग हो । तर हामीले कान सफाइमा प्रयोग गरिने साधनले कानको जालीमा असर गर्छ भने कानेगुजी कोट्याउँदा अझ भित्र जान सक्छ । जसले सुन्ने क्षमतालाई बन्द गरिदिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हामीले के बुझ्न आवश्यक छ भने कानेगुजी फोहोर होइन । हाम्रो कानेगुजीमा एन्टिबायोटिक तत्व हुन्छ । त्यसले कानलाई विभिन्न किसिमको सुरक्षा गरिरहेको हुन्छ । हामी लडेर कानमा चोट लाग्दा त्यसले बचाउँछ । त्यतिमात्रै नभएर कानलाई विभिन्न संक्रमणबाट बचाउँछ । हामीले कान कोट्याउँदा अझ कानमा ढुसी पलाउने, संक्रमण हुने गरेको देखिन्छ । 

कानेगुजी आफैँ प्राकृतिक रुपमा आउने जाने हुन्छ । तर हामीले विभिन्न रुपमा सफा गरिरहेका हुन्छौँ । त्यसलाई हामीले केही गर्नुपर्दैन । नाक, कान र घाँटी विभागमा आउने बिरामीहरुमा अधिकांश बिरामी कान दुखेर, कानको जाली फुटेर आउने गरेका छन् । 

जुन समस्या कानेगुजी निकालेर निम्तिएको विभिन्न संक्रमणको समस्या लिएर आउने गरेको देखिन्छ । मैले ति बिरामीलाई कान सफा गर्नुहुँदैन, यसले कानलाई संक्रमण हुनबाट रोक्छ भन्दा उनीहरुले अच्चम मान्ने गरेका छन् ।  उनीहरुलाई राम्रोसँग परार्मश गरेर पठाउने गरेको छु । अर्को, धेरै अभिभावकहरुको बानी हुन्छ बालबालिकाको कानमा तेल राख्ने । तर त्यो तेलले कानभित्र ढुसी आएर विभिन्न समस्या निम्त्याउन सक्छ । त्यसैले कहिले पनि कानमा तेल राख्नु हुँदैन । 

धेरैमा कान चिलाउने समस्या त्यो समस्या हामीले बढी कान कोट्याउँदा निम्तिने गरेको छ । कानको बाहिरी भागमा चोटपटक लाग्दा पनि कान चिलाउँछ । कान चिलायो भने कोट्याउँछौँ । तर, जति कान कोट्यायो त्यति नै चिलाउछ । कान नकोट्याउँदा पनि कान चिलाउने समस्या आइरहेमा एक पटक नाक कान घाँटी रोग विशेषज्ञलाई देखाउनुपर्छ । कानलाई स्वच्छ कपडाले बाहिरबाट मात्र सफा गर्ने गर्नुपर्छ । कानभित्र केही पसाएर सफा गर्नुहुँदैन । 

मौसम परिर्वतनको समयमा कान पाक्ने समस्या देखिन्छ । तर धेरैले कान पाक्ने समस्यालाई सामान्य रुपमा लिने गरेको देखिन्छ । कानको जालीमा संक्रमण भएर र कानमा प्वाल परेर कान पाक्ने समस्या देखिने गर्छ भने कसै कसैमा रुघाखोकीको समयमा समेत कान पाक्ने समस्या देखिएको छ ।
कसै–कसैमा कान पाक्ने समस्या वंशाणुगत रुपमा देखिएको पाइन्छ तर यो कमैलाई मात्र देखिन्छ ।

साधारण प्रकारको संक्रमण अथवा जालीको संक्रमण भएमा औषधीबाट निको हुन्छ । कानको जालीमा प्वाल परेको छ भने पटक–पटक कान पाक्ने समस्या आउन नदिन कानको शल्यक्रिया गनुपर्छ । हड्डी कुहिने रोगबाट ज्यान जाने खतरा बढी हुने भएकाले त्यस्तो अवस्थामा कानको शल्यक्रिया हुन्छ । यो शल्यक्रिया गरेपछि पूर्णरुपमा निको हुन्छ । 

कानभित्रको हड्डी कुहिँदा पनि कान पाक्ने समस्या आउँछ । यसरी कान पाक्दा कम पिप आउँछ । कतिपयमा पिप बगेको समेत थाहा हुँदैन । कान पाक्दा पिप गन्हाएमा त्यसले गम्भीर समस्या निम्त्याउँछ । समयमा उपचार नभएमा ज्यान समेत जाने खतरा हुन्छ । एयरफोन र हेडफोन कहिले काँही प्रयोग गरेको छ भने त्यसले ठूलो समस्या आउँदैन् । तर लामो समयसम्म प्रयोग गरेमा त्यसले कानको सुन्ने क्षमतामा कमी ल्याउने हुन्छ । 

एयरफोन र हेडफोन लगाएर ठूलो आवाजमा सुन्नु हँुदैन । अझै पनि हाम्रो देशमा नाक कान घाँटीको समस्या आउँदा वास्ता गरिँदैन । र, कान पाक्ने  रोगलाई सामान्य रुपमा लिने गरिन्छ । यसको समस्याले गम्भीर रुप लिने हुँदा समयमा चिकित्सककहाँ गएर चेकजाँच गर्नुपर्छ । 

(वीर अस्पतालका नाक कान र घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठसँग बाह्रखरीका लागि सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)


 

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्