साहित्य

काठमाडौं । गायक हेमन्त शर्माले दोहोरी गीत सार्वजनिक गरेका छन् । विष्णु माझी र हेमन्त शर्माको स्वर रहेको प्रेम भावको गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ ।
‘बनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियो शिव बिकले निर्देशन गरेका छन् । नभराज उप्रेतीले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका छन् ।
दर्शक तथा स्रोताको चहना अनुसारको गीत तयार पारेको भन्दै हेमन्तले भने, “टिकटकमा गीत लोकप्रिय भइेको छ । पूरै गीत पनि दर्शक तथा स्रोताले मन पराउनु हुन्छ भन्ने अपेक्षा गरेको छु ।”
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६ २०:१३
प्रतिक्रिया दिनुहोस्