
ऋतिक रोशन र टाइगर श्राफको एक्सन अवतारका कारण चलचित्र ‘वार’ को ट्रेलरले राम्रै हाइप कमाइरहेको छ । यही चर्चाका बीच चलचित्रको पहिलो गीत ‘घुङ्घुरु’ रिलिज गरिएको छ ।
ट्रेलरले जस्तै गीतले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । युट्युब रिलिज भएको ३ घण्टाभित्रमै गीत १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ । गीतमा ऋतिक रोशन र वाणी कपूरको हट केमेस्ट्री देख्न सकिन्छ भने नृत्यमा पोख्त ऋतिकको गजबको नृत्य पनि देख्न सकिन्छ । जसको दर्शकले जमेरै तारिफ गरिरहेका छन् ।
गीतमा अरजीत सिंह र शिल्पा रावले स्वर दिएका छन् । गीतको कोरियोग्राफ बास्को मार्टिसले गरेका छन् भने गीतलाई फ्रान्सको कोर्सिकामा छायांकन गरिएको छ ।
चलचित्र २ अक्टोबरमा रिलिज हुँदैछ ।
नवभारत टाइम्स