
प्रियंका चोपडा फेसनसम्बन्धी राम्रो ज्ञान भएको अभिनेत्रीमा पर्छिन् । तर निक जोनसँग विवाहपछि भने उनले लगाएका पहिरनका कारण उनी बारम्बार ट्रोलको सिकार हुन परिरहेको छ ।
दर्शकले विवाहपछि प्रियंकाको फेसन सेन्स नराम्रो भएको भन्दै कमेन्ट गरिरहँदा यो जोडी हलिउड म्यागजिन ‘पिपल’ को ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा पर्न सफल भएका छन् । प्रियंका अहिले बलिउड र हलिउड दुवैमा निकै चर्चित अनुहार भैसकेकी छिन् । ३७ वर्षिय प्रियंका र २६ वर्षिय निक रोमान्टिक जोडीसँगै २०१९ को ‘मोस्ट स्टाइलिस’ जोडी पनि सावित भएका छन् ।
निक र प्रियंकासँगै यो सूचीमा हलिउड कलाकारहरु बिली पार्टर, टेनिस च्यापियन सेरेना विलियम्स, जेनिफर लोपेज, लेडी गागा र सेलिना डियान लगायतका कलाकारहरु छन् ।
प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् सूचीमा आफूहरुलाई राखेकोमा ‘पिपल म्यागजिन’लाई धन्यवाद दिएकी छिन् । म्यागजिनकी निर्देशक एन्ड्रियाले यो उपाधिको उत्कृष्ट १० को सूचीमा पहिलो पटक पुरुष परेको बताएकी छिन् । यो जोडी उपाधिको लागि योग्य भएको पनि उनले बताइन् ।
नवभारत टाइम्स