site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रदीपसँगको तिक्तताबारे बोले रामबाबु गुरुङले
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रिलिजको तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा रामबाबु गुरुङले अभिनेता प्रदीप खड्कालाई अफर गरेका थिए । तर, प्रदीपले काम गर्ने भनेर पनि अन्तिममा चलचित्रबाट हात झिकेपछि रामबाबु र प्रदीपबीच बोलचाल बन्द भएको हल्ला चलेको थियो । 

तर, रामबाबुले यो कुराको खण्डन गरेका छन् । “मैले पनि यस्तो कुरा सुनेको हो । तर त्यस्तो केही पनि होइन । प्रदीपसँग भेटघाट र कुरा भैरहेको छ,” उनले बाह्रखरीसँग भने ।

चलचित्र ‘बेला’बाट निस्किँदा पनि प्रदीप र निर्माता सँगै बसेर सम्झौतामा नै हात झिकेको उनले बताएका छन् । प्रदीप पनि अहिले आफ्नै अरु प्रोजेक्टहरुमा व्यस्त भएकोले यो चलचित्रमा भने सँगै काम हुन नसकेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्