site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भुँइमै सुत्थे टाइगर श्राफ

एजेन्सी । टाइगर श्राफ छोटो समयमै बलिउडमा र दर्शकमा आफनो स्थान बनाउन सफल अभिनेता मानिन्छन‍् ।

टाइगरको अहिलेको ल्याभिस लाइफस्टाइल देखेर कसैले पनि अनुमान गर्न सक्दैनन् कि उनले पनि कहिले अभावमा समय काट्नु परेको थियो भनेर ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर उनी सानो हुँदा आर्थिक अभावका कारण उनले धेरै दुख सहेका थिए । यो कुरा टाइगर आफैंले बताएका हुन् ।

उनी सानो हुँदा उनकी आमाले होम प्रोड्क्सनमा बनाएको चलचित्र ‘बुम’ बक्स अफिसमा असफल थियो ।

त्यस चलचित्रमा घाटा भएपछि उनीहरुको घरमा यति आर्थिक अभाव भयो की घरमा भएको सबै फर्निचर बेच्नु परेको थियो । यतिसम्म की टाइगर सुत्ने खाट पनि बेचिएको थियो । र टाइगर कति समय भुइँमै सुत्नु परेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १८:५०
प्रतिक्रिया दिनुहोस्