site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्क्रिप्ट तयार नभएपछि रामबाबुले छोडे ‘बेला’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मौलिक चलचित्र निर्देशकको छवि बनाएका रामबाबु गुरुङको पछिल्लो निर्देशन रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनको तयारीमा छ । उनले यो चलचित्रपछि चकलेटी नायक प्रदिप खड्कालाई लिएर ‘बेला’ चलचित्र निर्देशन गर्ने चर्चा चलेको थियो ।

तर निर्देशक गुरुङ ‘बेला’ नभई धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशनमा लागेका छन् । स्क्रिप्ट समयमै तयार नभएपछि त्यो चलचित्रबाट पछि हटेको उनले बाह्रखरीलाई बताएका छन् । “बेलामा सँगै काम गरौँ भनेर गर्न लागेको हो । तर फाइनल स्क्रिप्ट बनिनसकेको छैन । फेरि उहाँहरुलाई तुरुन्तै काम गरिहाल्नु पर्ने । त्यही भएर पछि हटेको हो,” उनले भने ।

“धुर्मुससँग पहिलेदेखि नै सँगै एउटा प्रोजेक्ट गर्ने भन्ने कुरा थियो । दशैंपछाडि उनीहरु रङ्गशाला निर्माणमा व्यस्त हुने भएकोले अहिले यसमै हतारहतार लागियो,” उनले थपे ।
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १३:४६
प्रतिक्रिया दिनुहोस्