site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अंग प्रदर्शन गरेर हिट भइँदैन’
Tiktok banner adTiktok banner ad
शंकर बिसी (म्युजिक भिडियो निर्देशक)
 
एक दशकयता शंकर बिसी म्युजिक भिडियो निर्देशन तथा मोडलिङमा परिचित नाम हो । यो वर्षको तिजमा मात्रै ६५ वटा म्युजिक भिडियो निर्देशन गरेका बिसीले अहिलेसम्म साढे १२ सय म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । बिसीसँग तिजको अवसर पारेर गरिएको छोटो कुराकानी:  
 
यो वर्ष तिजका कति गीत निर्दशन गर्नुभयो ?
अहिले पनि भिडियो निर्देशन गर्न जाँदैछु । भोलि पनि जानु छ । यो सालको तिजमा ६५ वटा भिडियो निर्देशन गरिसकेँ । 
आफै पनि गित निकालेर निर्देशन गर्नुहुन्छ कि अरुका गीतको मात्रै भिडियो निर्देशन गर्नुहुन्छ ? 
म आफैंचाहिँ गीत निकाल्दिनँ । अरुका गीतको मात्रै भिडियो निर्देशन गरिरहेको छु । 
जम्मा कति भिडियो निर्देशन गर्नुभयो ? 
साढे १२ सयभन्दा बढी भइसक्यो । सिनेमाको मात्रै ९२ वटा भयो । चलचित्र ‘वडा नम्बर ६’ को लोकप्रिय गीत ‘सुर्केथैली खै’ पनि मैले नै निर्देशनन गरेको हुँ । (यो गीतमा शंकरले कोरियोग्राफी गरेका छन् ।)
तपाईं मोडलिङ र निर्देशन दुवै गर्नुहुन्छ ? आफूलाई मोडल या निर्देशक के भनेर चिनाउन चाहनुहुन्छ ?
म पहिला कलाकार हुँ । अनिमात्र निर्देशक र मोडल । म दुवै काम उत्तिकै गरिरहेको छु । 
निर्देशन र मोडलिङमध्ये कुन काम गर्न सजिलो ?
दुवै उत्तिकै हो । मोडलिङमा पनि मलाई मन पराइदिनुभएको छ । मैले निर्देशन गरेका भिडियो पनि मन पराइदिनुभएको छ । काम गर्न पनि मलाई यो वा त्यो अप्ठ्यारो छ भन्ने छैन । 
आत्मसन्तुष्टि कुनबाट बढी मिल्छ ? 
यो पनि उही हो । दुवैमा मैले उत्तिकै इन्टरटेन गरिरहेको हुन्छु । दुवै काम गर्दा रमाइलो लाग्छ । मेरा लागि यि दुवै काम हुन् । दुवै प्रोफेसन समान लाग्छ । 
गीतको भावभन्दा फरक भड्किलो भिडियो निर्माण गर्नुहुन्छ रे नि !
मेरा भिडियो त्यस्ता छैनन् । गीत जस्तो छ, त्यस्तै भिडियो बनाएको छु । गीतअनुसारको भिडियो बनाउनु मेरो दायित्तव हो । उच्छृंखल भिडियो मैले बनाएको छैन । अरुले बनाउँछन् भने उनीहरुले नै जवाफ दिनुपर्ला । 
हिन्दू संस्कार बोकेका गीतको भिडियो सपरिवार बसेर हेर्न नसकिने गरी बनाउन मिल्छ ? 
जसले त्यस्तो भिडियो निर्देशन गरेको हो, उसैलाई सोध्नुपर्ला यो प्रश्न । मलाई नै यो आरोप कसैले लगाउँछ भने मेरो हैन, अरुका भिडियो हेरेर टिप्पणी गर्नुभएको हो । मेरा भिडियो हेरेर टिप्पणी गर्न मेरो आग्रह छ उहाँहरूलाई । 
मैले त सधैं सभ्य र सबैले हेर्न मिल्ने नै भिडियो निर्देशन गरेको छु । केही मोडलहरूले अलि बढी नै अंग प्रदर्शन गरेको भन्ने सुनेको छु । अंग प्रदर्शन गरेकै भरमा हिट हुने आकांक्षा नराखेको राम्रो हुन्छ ।
सम्झना बुढाथोकीसँग तपाईंको जोडी खुब जमेको थियो । आजकल किन उहाँ देखिनुहुन्न नि ?
उहाँ अलि बढी मोटाउनुभएको छ । ९० किलो पुगेको मान्छेलाई मोडलिङ गर्दा राम्रो देखिँदैन भनेर हो । अहिले तौल घटाइरहनुभएको छ । तौल घटेपछि फेरि काम गर्ने कुरा भएको छ । अनि सँगै काम गर्नुपर्ला । 
तिजका गीत र भिडियोलाई मर्यादित गर्न के गर्नुपर्ला ?
मैले यसो गर्नुुपर्छ भन्यो भने शंकरले यसो भन्यो भनेर साथीहरू रिसाउनुहुन्छ । यसबारेमा टिप्पणी नगरेकै राम्रो होला ।
तिजका गीत केटाले गाएको र मोडलिङ गरेको तपाईंलाई कस्तो लाग्छ ?  
लेख्नेले नलेखे गाउनेले पनि गाउने थिएन । गीतअनुसार मोडलिङ गर्दा कथाअनुसार पुरुष मोडल पनि भिडियोमा आएका हुन् । यसमा मैले केही बोल्नुपर्छ जस्तो लाग्दैन ।
तस्बिरः शंकर बिसीको फेसबुकबाट
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro