
काठमाडौं । हर्षबर्धन आफना दुई दिदीहरुप्रतिको माया दर्शाउन ट्याटुको खोपाएका छन् ।
हर्षबर्धनले सोनम र रीयाको नामको ट्याटु बनाएका छन् । उनले पछाडि ढाडको सबैभन्दा माथि दाँयापट्टि सोनम र बाँयापट्टि रीयाको नाम खोपेका छन् ।
यो फोटो हर्षले आफनो इन्स्टाग्राममा सेयर गरेका हुन् ।
हर्षबर्धनले २०१६ मा चलचित्र मिर्जियाबाट बलिउडमा डेब्यू गरेका हुन् । त्यसपछि उनको अर्को चलचित्र सन् २०१८ मा चलचित्र सुपर हिरो रिलिज भएको थियो । तर उनका चलचित्रहरु व्यवसायिकरुपमा भने त्यति सफल हुन सकेनन् ।
अहिले उनी अर्को चलचित्र बायोपिक चलचित्र गोल्ड मेडलिस्टमा व्यस्त छन् । चलचित्रमा हर्षबर्धन अभिनवको भूमिकामा हुनेछन् भने उनको बुवा अभिनेता अनिल कपूर अभिनवका बुवाको भूमिकामा देखिने छन् ।