site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘लभ यु हमेशा’को शीर्ष गीत रिलिज 

काठमाडौं । कथानक चलचित्र ‘लभ यु हमेशा’को ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ ।  भासुको शब्द र संगीत रहेको छ । 

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतको भिडियोमा कोरियोग्राफी रामजी लामीछानेले गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कात्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार कात्तिक १५ मा भारतमा प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर्ड छन् । 

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘लभ यु हमेशा’ भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । 

चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०७:३०
प्रतिक्रिया दिनुहोस्