site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गीतकार प्रभाको गीत संग्रह सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गीत तथा गजलमा कलम चलाउँदै आएकी गीतकार आचार्य प्रभाको गीत संग्रह ‘मायाको नाकाबन्दी’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा गीतकार रत्नशमशेर थापा, दिनेश अधिकारी, राजेन्द्र थापालगायतले संयुक्तरुपमा उक्त गीत संंग्रह सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि रत्नशमशेर थापाले राम्रो गीत सिर्जना गर्न कठिन हुने चर्चा गर्दै गीतकार आचार्यलाई शुभकामना दिए । नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी, दिनेश अधिकारी, राजेन्द्र थापा, प्रकाश सायमी, आचार्य प्रभालगायतले बोलेका थिए । 

गजल र गीत लेखनमा लामो समयदेखि सक्रिय आचार्य प्रभाको यस अघि गजल संग्रह र कविता संग्रह प्रकाशित छ भने केही गीति एलबम पनि बजारमा आइसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १५:५५
प्रतिक्रिया दिनुहोस्