site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आमा’का लागि सुरक्षाले काटिन् कपाल, दीपेन्द्र भन्छन्–सम्झौता गर्दैनौं

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् । 

“चलचित्रको सिनमा कपाल काट्नु पर्नेभएपछि मैले कपाल काटेकी हुँ,” सुरक्षाले भनिन्, “राम्रो चलचित्र बनाउने प्रयास भएकाले कम्प्रमाइज नगरी मैले पनि कपाल काटेकी हुँ ।” चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । यसअघि नम्रता श्रेष्ठले भने कपाल काटेकी थिइन् । अधिकांसले कस्ट्युम प्रयोग गर्ने गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘आमा’ निर्देशक दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेको बताए । 

“कति सट यस्ता छन्, क्यामेरा वर्क गर्दागर्दै भक्कानिएर म रोकिएको छु,” निर्देशक दीपेन्द्रले भने, “गिलसिरिन लगाएर रोएको हो कथाले क्यारेक्टरको मन छोएर आँसु आएको हो, त्यो हेर्दा पनि थाहा हुन्छ ।”

केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर चलचित्रको केही सिन खिचेर फर्किएको युनिट अहिले काठमाडौंमा झरी कुरेर बसिरहेको छ । 

“झरीमा खिच्ने एउटा सिनका लागि कुरेको पाँच दिन भयो । तर खिच्न पाएको छैन । सिनामङ्गल–कोटेश्वर सडकखण्डमा पानीमा खिच्ने सिनका लागि पानीको पर्खाइमा छौं,” दीपेन्द्रले भने ।

सोसल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । कथा पनि दीपेन्द्रले नै लेखेको चलचित्रमा मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

फागुन ९ गते प्रदर्शन हुने चलचित्र निर्देशक स्वयम्ले खिचिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ११:२२
प्रतिक्रिया दिनुहोस्