site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काश्मीर : धारा ३७० को खारेजीपछि 

सन् १९४७ सम्म काश्मीर स्वतन्त्र देश थियो र हरिसिंह त्यहाँका राजा थिए । भारत र पाकिस्तान स्वतन्त्र हुने क्रममा धेरै जनसंख्या मुस्लिम भएकाले पाकिस्तान काश्मीरलाई आफूमा मिलाउन चाहन्थ्यो । तर, राजा हरिसिंहले काश्मीर भारतमा विलय गर्ने निर्णय गरे । यसबाट रिसाएको पाकिस्तानले काश्मीरमा आक्रमणसमेत गरेको थियो । 

स्वतन्त्र भएकै वर्ष काश्मीरका मामिलामा भारत र पाकिस्तानबीच पहिलो युद्ध भयो । तत्कालीन भारतीय प्रधानमन्त्रीले यो विषय संयुक्त राष्ट्रसंघमा लगे । राष्ट्रसंघमा तत्काल युद्ध विराम गरेर आआफ्नो ठाउँमा फर्किने र  काश्मीरमा जनमत संङ्ग्रह गरेर जनताले दिएको अभिमतअनुसार गर्ने सम्झौता भयो । परन्तु, भारत र पकिस्तान दुवैले यो सम्झौता पालन गरेको देखिएन  ।

पाकिस्तानले कब्जा गरेको काश्मीरको भूभाग छोडेन भने भारतले पनि स्वतन्त्रताका विषयमा जनमत संग्रह गराएन । यसैबीच सन् १९८० देखि काश्मीरमा हिंसात्मक द्वन्द्व आरम्भ भयो । हालसम्म हजारौं काश्मीरी मारिएका छन् र भारत र पाकिस्तानबीच चारपटक युद्ध भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पन्थमा आधारित राष्ट्र 

भारतवर्षमा मुस्लिमहरूको आक्रमण अफगानिस्तानबाट आरम्भ भएको हो । हिन्दु र बौद्धलाई माटेर र मन्दिर तथा गुम्बा नष्ट गरेर मुस्लिमहरूले भारतवर्षमा साम्राज्य फैलाएका थिए । भारतवर्षका अन्तिम मुगल राजा बहादुर शाह थिए । भारत स्वतन्त्र हुँदै गर्दा मुस्लिमहरूले अलग्गै राष्ट्र पाकिस्तान मागे र पाए । भारत पन्थ निरपेक्ष राष्ट्र बन्यो तर पाकिस्तान “मुस्लिम राष्ट्र“ भयो । 

Global Ime bank

फेरि पनि काश्मीर 

सन् १९७१ मा पाकिस्तानबाट अलग्गिएर बंगलादेश बन्यो । यो भारतीय सहयोगबाट भएको थियो । यसले पनि यी दुई देशबीच वैर बढायो । पाकिस्तानको आन्तरिक राजनीतिमा भारतको विरोध चुनाव जित्ने एउटा आधार बन्छ । काश्मीरको विषय पाकिस्तानी राजनीतिको एउटा आन्तरिक बाध्यता बन्न पुगेको छ । भारतीय काश्मीरको यदाकदा चर्चा गरिए पनि पाकिस्तानी कब्जामा रहेको  “आजाद काश्मीर“को कुनै चर्चा हुँदैन । लगभग नेपाली भूभाग जत्तिकै ठूलो  काश्मीरी भूभाग पाकिस्तानको नियन्त्रणमा छ र काश्मीरको केही भूभाग चीनको नियन्त्रणमा पनि रहेको छ । 

केही दिन पहिलेसम्म भारतको संविधानमा काश्मीरलाई विशेष दर्जा दिइएको थियो । सरकारको निर्णयले त्यो खारेज भएको छ । अब काश्मीर भारतको केन्द्र शासित प्रदेश बनेको छ । भारतीय संसद्ले “धारा ३७० हटाउने निर्णय पारित गरिसकेको छ । 

हिन्दु बौद्ध काश्मीर 
सन् १९९० तिरबाट काश्मीरका कट्टरपन्थी मुस्लिमले हिन्दुहरूमाथि आक्रमण गर्न थाले । एकै वर्षमा लाखौं हिन्दु (काश्मीरी पण्डित)हरू पुर्खौली थलो छोडेर भारतका अन्य भागमा शरणार्थी जीवन बिताउन बाध्य पारिए । विस्थापित काश्मीरी पण्डितहरूलाई फर्काउन भारत सरकारले पनि खासै ध्यान दिएन । 

सक्षम निर्णय बलियो राष्ट्र 

भारतले ३७० लाई समाप्त पारेर एउटा बलियो राष्ट्रवादको उदाहरण प्रस्तुत गरेको छ । आतंकवादलाई आश्रय दिएको आरोप लाग्दै आएको र आर्थिकरूपमा भारतका तुलनामा निकै कमजोर पाकिस्तानका लागि काश्मीरमा हिंसा चर्काउने प्रयास  निकै महँगो पर्न सक्छ । भारत र पाकिस्तानबीच युद्ध नै भयो भने सामरिकरूपमा पनि निकै कमजोर पाकिस्तानबाट परमाणु युद्धको जोखिम बढाउँछ ।

काश्मीरमा नेपाली 

इन्डिया टुडेको २०१९ अगस्ट ११ को समाचारअनुसार जम्मु तथा काश्मीरमा अहिले दुई हजारका हाराहारीमा नेपाली मूलका र नेपाली भाषीहरू छन् । धारा ३७० ले गर्दा उनीहरूले नागरिकता प्राप्त गर्न सकेका थिएनन् । काश्मीरी पण्डितहरू झैं उनीहरूमध्ये केहीले १९९० मा मुस्लिम अतिवादीहरूको निसानामा पर्न थालेपछि काश्मीर उपत्यका छोडेका थिए । तर, जम्मुकाश्मीरमा ५० हजारको हाराहारीमा नेपालीहरू स्थायी र अस्थायीगरी रहेको अनौपचारिक अनुमान छ । विगत तीन वर्षअगाडि मुस्लिम अतिवादीहरूले भरियाको काम गर्ने केही नेपाली मजदुरको निर्ममतापूर्वक हत्या गरेका थिए । धारा ३७० हटाएकोमा खुसी व्यक्त गर्ने ‘गोर्खा’हरू अब पनि अतिवादीको निसानामा पर्ने डर छ ।

लद्दाख र बौद्धको सवाल 

सन् १९६० सम्म लद्दाख बौद्ध बहुल क्षेत्र थियो तर त्यसपछिका दिनमा लद्दाखमा बौद्धहरूको संख्या घट्न थाल्यो । हाल लद्दाखको कुल जनसंख्यामा ४५.८७ प्रतिशत बौद्ध छन् । तर १९६० ताका यिनको जनसंख्या ६८ प्रतिशत रहेको थियो । काश्मीरमा मुस्लिम अतिवादीको डर बढ्दै गएपछि बौद्धहरू त्यहाँबाट पलायन हुन थाले । तिब्बती र नेपालको हिमाली बौद्धहरूसँग निकट सम्बन्ध रहेको लद्दाखको बौद्ध सम्प्रदायका लागि लद्दाख काश्मीरको अंगका रूपमा राखिँदा निकै समस्या परेको थियो । उनीहरूले धेरै पहिले देखिनै लद्दाख केन्द्र शासित प्रदेश होस् भन्ने माग गरिरहेका थिए ।

लद्दाख क्षेत्रका बौद्ध सांसद जेपी नाम्ग्यालले भारतीय संसदमा ३७० हटाएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरे । त्यसले लद्दाखी जनताको प्रतिनिधित्व गर्छ । हिमाली बौद्ध सभ्यताको रक्षा गर्न पनि धारा ३७० हट्नै पर्ने थियो । लद्दाखी जनतासँग भारत सरकारले कति न्याय गर्छ त्यो भने इतिहासले बताउनेछ । 

समस्याको समाधान 

भारत आर्थिकरूपमा बलियो र विश्वको ठूलो बजारका रूपमा स्थापित भएको छ । ठूलाठूला व्यापारी राष्ट्रहरू भारतविरुद्ध उभिन असम्भव छ । चीनका लागि पनि व्यापार साझेदारका रूपमा पाकिस्तानभन्दा भारत नै ठूलो छ । यसैले काश्मीर विलयको खासै ठूलो विरोध हुनेछैन ।

यसैले भारत, पाकिस्तान र चीनसँग अहिले जे जति काश्मीरी भूभाग छ अब युद्ध वा अरू उपायबाट एकै देशमा एकीकृत हुने सम्भावना कमै छ । जतिसुकै लडाइँ गरे पनि भारतीय काश्मीर पाकिस्तानले, पाकिस्तानी काश्मीर भारतले र भारत र पाकिस्तान दुवैले चिनी काश्मीर फिर्ता पाउने सम्भावना देखिँदैन । यस्तो अवस्थामा यथास्थितिलाई नै स्थायी समाधानका रूपमा स्वीकार गर्नु नै तीनै देशका लागि मात्र होइन विश्वकै स्थायित्वका लागि पनि सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।
(दर्शनशास्त्रका अध्यापक, त्रिचन्द्र कलेज) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय