
काठमाडौं । लोक गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’को शुक्रबारको श्रृखंलामा प्रतिस्पर्धी रामकुमार नेपालीले चारै जना निर्णायकको मन चोरेका छन् ।
गोपाल योञ्जनको ‘तिमी मेरी राधा पियारी’ बोलको गीत गाएर नेपालीले निर्णायक जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडको मन चोरेका हुन् । ‘गेष्ट जर्ज’का रुमा आएका विष्णु खत्रीले पनि उनको स्वरको तारिफ गरे । खत्रीले लोक गीतका लागी रामकुमार नेपालीको स्वर उपयुक्त भएको बताउँदा बाँकी तीन जना निर्णायकले उठेर तारिफ गरेका थिए ।
गोपाल योञ्जनको ‘तिमी मेरी राधा पियारी’ गीतमा संगीत पनि गायक स्वयम्को छ भने । गोपाल योञ्जन र चेतन कार्कीले यो गीत लेखेका हुन् ।
रामेछापका रामकुमार नेपाली नेपाल लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । उले अहिलेसम्म हिउँ खोलीको चिसो पानी, नाचिदेउ मैच्याङ्ग सोह्र वर्षे उमेरैमा, आकाशैको कालो बादल लगायत गीत गाएर दर्शक तथा स्रोताको मन जित्दै आएका छन् ।
१८ औं श्रृंखलामा गोरखाका राजु गुरुङ बाहिरिएका छन् । १८ औं श्रृंखला प्रशारण भइसकेको नेपाल लोक स्टारमा अब ११ जना प्रतिस्र्धी बाँकी छन् ।