site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘द मेट्रिक्स’ को चौथो सिरिज बन्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सन् १९९९ मा रिलिज भएको सुपरहिट साइन्स फिक्सन चलचित्र ‘द मेट्रिक्स’को २० औं वार्षिकोत्सवको अवसरमा ‘मेट्रिक्स ४’ बन्ने तय भएको छ । लाना वाचोवस्कीले ‘द मेट्रिक्स’ को चौथो सिरिज लेख्ने र निर्देशन गर्ने भएका छन् ।

चौथो चलचित्रमा पनि अभिनेता केनू रिभ्स र अभिनेत्री क्यारी–एनी पहिलेकै मोस नियो र ट्रिनिटीको भूमिका निर्वाह गर्दैछन् । चलचित्रलाई वार्नर ब्रदर्स पिक्चर्स एण्ड रोडशो पिक्चर्सले निर्माण र विश्वस्तरमा वितरण गर्ने छन् । यो कुराको जानकारी वार्नर ब्रदर्स पिक्चर्स ग्रुपका अध्यक्ष टोबी इम्मिरिकले दिएका हुन् ।

लाना वाचोवस्कीको अतिरिक्त स्क्रिप्ट ऐलेक्जेन्डर हेमन र डेभिड मिशेलले पनि लेखेका थिए । ‘मेट्रिक्स ४’ मा वाचोवस्की साथै ग्रान्ट हिललको पनि लगानी रहने छ । चलचित्र २०२० मा छायांकनमा जाने तयारीमा रहेको हलिउड म्यागजिन भेराइटीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १४:३३
प्रतिक्रिया दिनुहोस्