site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा आफ्नो ‘भाग’ दाबी गर्दै गच्छदार, संस्थापनइतर समूह भन्छ- मागेजति दिन मिल्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार पार्टीभित्र महत्वपूर्ण भूमिका खोजिरहेका छन् । उनी पार्टी एकीकरणका बेला भएको सहमति देखाएर कांग्रेसभित्र आफ्नो समूहलाई बलियो बनाउन प्रयासरत देखिन्छन् । 

कांग्रेसले गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका लागि गरिएको लिखित सहमति भने औपचारिक रुपले सार्वजनिक गरेको छैन । तर, गच्छदार केन्द्रीय कार्यसमिति बैठकदेखि विभिन्न औपचारिक तथा अनौपचारिक छलफलका क्रममा कांग्रेस नेतृत्वसँग पार्टी एकीकरणका बेला लिखित सहमति भएको दाबी गर्दै आएका छन् । एकीकरणपछि पहिलो पटक कांग्रेसले गच्छदारनिकट दुई सय नेताहरुलाई महासमिति सदस्य बनाएको थियो । 

गत वर्ष असोज ३० मा कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच एकीकरण भएपछि गच्छदारले मात्रै कांग्रेसमा भूमिका पाएका छन् । पार्टी एकीकरणको १० महिना बितिसक्दा पनि आफ्नो पक्षका नेताहरुले पार्टीमा भूमिका नपाएपछि गच्छदारले बेलाबेलामा ‘भाग’ को विषयलाई चर्को रुपमा उठाउने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी पछिल्लो समय केन्द्रीय कार्यसमितिमा आफ्ना पक्षका १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरिरहेका छन् । २५ हजार क्रियाशील सदस्य, सात सय महाधिवेशन प्रतिनिधि र २५ सय क्षेत्रीय प्रतिनिधि तत्कालीन लोकतान्त्रिक फोरमलाई दिनुपर्ने उपसभापति गच्छदारको अडान छ ।   

२०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको संघारमै लोकतान्त्रिक फोरमलाई विलय गराएर कांग्रेसमा आएका गच्छदारले मागे जति ‘भाग’ पाए आशन्न महाधिवेशनमा संस्थापन पक्ष झनै बलियो हुने देखिएको छ ।   

Global Ime bank

उपसभापति गच्छदारले मागेजति ‘भाग’ पाए संस्थापन झन् बलियो हुने देखिएपछि संस्थापन इतर समूह पार्टी विधानको दफा ७२ को उपदफा २ मा टेकेर विधानतः लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताहरुको समायोजन गर्न नसकिने अडानमा छ । गत साउन १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केन्द्रीय सदस्य महेश आचार्यले पार्टी विधानको दफा ७२ को उपदफा २ स्मरण गराउँदै गच्छदारनिकट नेता–कार्यकर्ताहरुलाई समायोजन गर्न नसकिने धारणा राखेका थिए ।  

विधानको दफा ७२ को उपदफा २ मा ‘पार्टीको केन्द्रीय कार्यसमिति, सिमांकन हेरफेर नभएका जिल्ला कार्यसमिति र सिमांकन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत् कायम रहने छन्’ भनिएको छ । 

“पार्टी विधानको दफा ७२ को उपदफा २ ले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता कार्यकर्तालाई सिमांकन परिवर्तन वा हेरफेर नभएका निकायमा समायोजन गर्न सकिँदैन,” केन्द्रीय सदस्य आचार्यको भनाइ थियो । तर, उपसभापति गच्छदार तत्कालीन समयमा आफूले नेतृत्व गरेको लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजनमा विधान आकर्षित नहुने दाबी गरिरहेका छन् । 

सोही बैठकमा गच्छदारले आफू महाधिवेशनबाट कांग्रेसमा नआएका कारण आप्mनो हकमा विधान आकर्षित नहुने तर्क गरेका थिए । राजनीतिक निर्णय गरेर लोकतान्त्रिक फोरमबाट आफू कांग्रेसमा आएका कारण पार्टीका अन्य तहमा पनि राजनीतिक निर्णय गरेर जानुपर्ने उनको भनाइ थियो ।  

पार्टी एकीकरणका समयमा गच्छदारले आफ्ना २० हजार क्रियाशील सदस्य रहेको बताएर पछिल्लो समयमा पाँच हजार थप गरेर क्रियाशील सदस्यता सिफारिस गरेका छन् । क्रियाशील सदस्यता सिफारिस गर्दा पनि मौन देखिएको संस्थापन इतर समूह पछिल्लो समयमा विरोध गरिरहेको छ ।

“पहिला २० हजार क्रियाशील सदस्य माग्नुभयो, जुन डकुमेन्टनै छ हामीसँग । अहिले बढाएर फेरि २५ हजार बनाउनुभयो । त्यति क्रियाशिल सदस्य उहाँका छँदै छैनन्,” संस्थापन इतर समूहका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।   

किन थियो त संस्थापन इतर समूह यसअघि मौन ? इतर समूहकै एक युवा नेता भन्छन्, “गच्छदारलाई धेरै किन चिढाउने हामीतिर पनि आइहाल्छन् कि भन्ने परेको थियो । त्यही भएर संस्थापन इतरका नेताहरुले त्यो कुरो ‘एग्रेसिभ्ली’ भन्न सकेका थिएनन् ।” तर, उपसभापति गच्छदारको सभापति देउवासँगको हिमचिम बढ्दै गएपछि इतर समूहले उनको आश मारेर विधान देखाएर समायोजन प्रक्रिया रोक्न खोजिरहेको स्रोतको भनाइ छ ।  

“गच्छदार दाइले संस्थापन पक्षसँग हिमचिम बढाएको, शेरबहादुर दाइतिरै लच्किएको भन्ने परेपछि उहाँ इतर समूहमा नसेटिने देखिनुभयो,” एक केन्द्रीय सदस्यले भने, “संस्थापन तिरै धकेलिनुभयो भन्ने निष्कर्षमा पुगेपछि उहाँहरु अब विधान देखाएर रोक्न खोजिरहनु भएको हो ।”

इतर समूहले गच्छदारलाई आफूतिर तान्न महासमिति बैठकका क्रममा पनि लोकतान्त्रिक फोरमलाई महासमिति सदस्य दिँदा प्रष्ट रुपले असहमति जनाएको थिएन । गत पुसमा बोलाइएको महासमिति बैठकका क्रममा लोकतान्त्रिक फोरमलाई दुई सय महासमिति सदस्य दिइएको थियो । 

महासमिति बैठकका क्रममा खुलेर गच्छदारको विरोध नगरेको इतर समूह अहिले आएर विरोध गरिरहेको छ । गच्छदारले आप्mनो भागमा परेका दुई सय महासमिति सदस्यमा एक सय लोकतान्त्रिक फोरमका नेतालाई र एक सय सभापति देउवा तथा उपसभापति विमलेन्द्र निधिले नामावली उपलब्ध गराएका व्यक्तिलाई वितरण गरेको आरोप लगाइरहेको छ । 

“महासमिति बैठकअघि गच्छदारलाई दुई सय महासमिति सदस्य दिइयो । जसमा सय जनामात्रै गच्छदारजीको पार्टीका हुन् । बाँकी सय जनाको नाम देउवाजी, विमलेन्द्रजीहरुले दिएर हाल्नुभएको हो,” संस्थापन इतर एक केन्द्रीय सदस्यले भने । इतर समूहले क्रियाशील सदस्यताका लागि सिफारिस गरिएका २५ हजार मध्येबाट पनि आधा सदस्यता सभापति देउवानिकटलाई बाँडिने दाबी गरिरहेको छ । 

यो पनि पढ्नुहाेस्

कांग्रेसमा गच्छदार रणनीति– प्रतिनिधि धेरै बनाउने, महाधिवेशनमा बार्गेनिङ !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !