
मुम्बइ । तेलगु हिट चलचित्र ‘प्रस्थानम’ को हिन्दी रिमेकमा अभिनेता संजय दत्तसँगै ज्याकी श्राँफ पनि विशेष भूमिकामा देखिने भएका छन् ।
चलचित्रमा ज्याकी श्राँफ विशेष लुकमा देखिने भएका छन् । ज्याकीले ट्विटरमा चलचित्रको एक पोस्टर सेयर गरेका छन् जसमा उनी लामो कालो कुर्तीमा कालो कपालका साथ हातमा हतियार बोकेर आक्रमक शैलीमा प्रस्तुत भएका छन् ।
ज्याकी श्राँफ चलचित्रमा प्रहरी निरीक्षक राघवको भूमिकामा छन् । अभिनेता संजय दत्त भने मुख्य भूमिकामा छन् ।
देवा कौशिक कट्टा निर्देशित ‘प्रस्थानम’ मा ज्याकी र सञ्जयका साथै मनीषा कोइराला, अली फजल र अमायरा दस्तर पनि रहेका छन् । चलचित्रलाई संजय दत्तकी श्रीमती मान्यता दत्तले निर्माण गरेकी छिन् । चलचित्र २० सेप्टेम्बरमा रिलिज हुँदैछ ।