site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चित्लाङमा सुरू भयो पटकथा लेखन कार्यशाला

चित्लाङ । बुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरू भएको छ। पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन् । 

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । मन्त्री जमरकट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तरोन्नतिका लागि चिन्तित रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुर्‍याउँछ,’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौं । त्यसैले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तिब्रता दिने तरखरमा छौं ।’

त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पुर्‍याउने बताए। ‘हामीले नेपालमा विदेशी फिल्म लगभग विस्थापित गरिसक्यौं । अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् । तै पनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं । यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पुर्‍याउने हो ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे । ‘पटकथा फिल्मको मेरुदन्ड हो । यो बलियो भएन फिल्म बलियो हुन सक्दैन,’उनले भने, ‘त्यसैले म बोर्ड बाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्वपुर्ण महसुस गर्थें ।  यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो ।’ 
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्