site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सिन्धुलीको गलकोटमा पानी कुर्दै ‘आमा’ युनिट 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को निर्माण युनिट छायांकनका लागि सिन्धुली पुगेको छ । निर्देशक तथा अधिकांश कलाकारसहितको टोली आज सिन्धुली पुगेको हो ।

“आज मात्रै हाम्रो सम्पूर्ण युनिट छायांकनका लागि सिन्धुली आइपुगेको छ,” निर्देशक दीपेन्द्र के खनालले बाह्रखरीसँग भने, “गलकोट भन्ने ठाउँमा आएर बसेका छौं । पानीमा खिच्ने सिन छ । तर चर्को घाम लागिरहेको छ । पानी कुरेर बसेका छौं । पानीपरेपछि खिचेर मात्रै फर्किन्छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्देशक खनालले चलचित्र ‘आमा’को अधिकांश सिन पानीमा खिचेका छन् । करिब ९० प्रतिशत छायांकन सकिसकेको चलचित्रका लागि आवश्यक पानीको केही सिन काठमाडौंमा खिच्न बाँकी छ ।

उनले अहिलेसम्म कुनै सम्झौता नगरि खिचेको बताए । “अहिलेसम्म कुनै पनि सिनमा कम्प्रमाइज गरेका छैन । जति खिचेको छु, चित्त बुझेको छ,” निर्देशक दीपेन्द्रले भने, “चलचित्र निर्माणको जुन प्रोसेस हुन्छ, त्यसमा बसेर चलचित्र बनाउँ भन्ने प्यासनले यो चलचित्र बनाउँदै छु ।” 

करिब दुई महिनादेखि छायांकन भइरहेको चलचित्र निर्देशक स्वयम्ले खिचिरहेका छन् । 

सोसल ड्रामा चलचित्र ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । फागुन ९ गतेका लागि रिलिज डेट लिएको चलचित्रमा सर्मिला पाण्डेले लगानी गरेकी छिन् । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्