site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मिरुनाको 'सिल्की-सिल्की बाल'को तारिफ गर्दै आर्यन

काठमाडौं । मसिंर ६ गते रिलिज मिति तोकेको चलचित्र ‘चँ चँ हुइँ’ को अहिले छायांकन भइरहेको छ । चलचित्रमा आर्यन सिग्देल र मिरुना मगरको लिड भूमिका छन् । अहिले चलचित्रको रोमानिटक गीत ‘सिल्की-सिल्की बाल’को छायांकन भइरहेको छ ।

सोही छायांकन स्थलबाट निर्माण टिमले केही तस्बिरहरु सार्वजनिक गरेका छन् । मुस्ताङको चुसाङ्गमा छायांकन गरिएको गीतका सार्वजनिक तस्बिरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यस गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द छ ।

रोमान्टिक कमेडी जनरामा बनेको चलचित्र ‘चँ चँ हुइँ’ लाई एजीएल इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रको आइतबार मात्रै फर्स्ट लुक पोस्टर रिलिज गरिएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्