साहित्य

काठमाडौं । २००७ मा बनेको अक्षय अभिनित चलचित्र ‘भुलभुलैया’को रिमेक ‘भुलभुलैया २’ बन्ने भएको छ । सोमबार भुलभुलैया २ को फर्स्ट लुक पोस्टर रिलिज गरिएको हो । जसमा अभिनेता कार्तिक आर्यन फिर्चड छन् ।
रिलिज पोस्टरमा अक्षयजस्तै कार्तिकलाई पहेँलो कुर्ता, रुद्राक्ष र ब्रेसलेट लगाएर बाबाजीको लुकमा प्रस्तुत गरिएको छ ।
पोस्टर रिलिज भएसँगै अक्षयको ठाउँमा कार्तिक देखेपछि दर्शकले गुनासो गरेका छन् ।
पोस्टर रिलिज भएसँगै चलचित्रमा आर्यनभन्दा अक्षय नै हुनु पर्ने भन्दै दर्शकले समाजिक सञ्जालमा कमेन्ट गरिरहेका छन् ।
अक्षयले भन्दा अरु कुनै पनि कलाकारले यसको भूमिकालाई न्याय दिन नसक्ने भन्दै दर्शकले गुनासो पोखेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६ १८:२२
प्रतिक्रिया दिनुहोस्