
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दूतावासले गरेको कार्यका सराहना गरे । उनले दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुको सम्भावना पहिचान गर्नुपर्नेमा जोड दिए ।
सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए ।