
काठमाडौं । सम्पूर्ण प्रतिभालाई समावेश गर्दै ‘हिरो नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले जुनसुकै उमेर समूहका क्षमतावान र प्रतिभाशाली नेपाल तथा विदेशमा रहेका नेपालीहरुले प्रतियोगितामा भाग लिन पाउने बताइएको छ ।
एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा हुन लागेको उतm प्रतियोगितको लागि केहि दिनमै अडिसन शुरु गरिने आयोजकले जानकारी दिएको छ । १२ जना निर्णायक रहने कार्यक्रममा भोटिङ र जजिङ दुबैको आधारमा विजेता घोषणा गरिने छ ।
दुवै आधारमा प्रथम हुनेलाई १० लाख, द्वितीय हुनेलाई ८ लाख र तृतीय हुनेलाई ६ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगितामा एकल, जोडी तथा समूह भएर भाग लिन सक्ने बताइएको छ ।